‘रनविरको कथा र टिम चित्त बुझयो, यसैले फिल्म खेले’ सुबेक्षा खड्का

पछिल्लो समय नेपाली फिल्ममा मिस नेपाल लगायतका विभिन्न ब्युटी प्याजेन्ट मार्फत फिल्ममा आउने क्रम जारी रहेको छ । प्रियंका कार्की , मलिना जोशी , सृष्टि श्रेष्ठ , अकेशा बिष्ट लगायत धेरै नाम थपिदैछन । यस मध्यको अर्को नाम हो सुबेक्षा खड्का ।

सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षालाई पहिले धेरै फिल्मका अफस आएता पनि उनले फिल्म ’रणवीर’ मार्फत डेब्यु गर्दै्छिन ।गतवर्ष सन् २०१८ को सुरुवात देखि फिल्म रणवीरमा जोडिएर नेपाली फिल्ममा प्रवेश गरेकी सुबेक्षालाई सम्भावना बोकेको अनुहारको रुपमा हेरिएको छ ।

सुबेक्षा खड्का स् मलाइ फिल्ममा आउँन मन नलागेको होइन तर खोजिएको जस्तो फिल्म अफर आएँन । म मिस नेपालमा सेकेन्ड रनरअप भएसँगै मलाइ अफर राम्रै आएको थियो मैले धेरै मान्छेलाइ भेटे । तर मलाइ चित्त बुझेन । मलाइ पहिला देखि नै फिल्ममा आउने ईच्छा थियो र मसँग काम गर्ने साथीसंगी सर्कलले पनि मलाइ भन्नु हुन्थ्यो तर सहि समयको पर्खाइमा थिए । रणवीरको अफर आएपछि स्टोरी सुने र टिमले पनि चित्त बुझ्यो । यसैले फिल्म गरेकी हु ।

लभ स्टोरी तथा एक्सन मिश्रित फिल्ममा सुबेक्षासँगै सुशील सिटौला , सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , हरिहर शर्मा लगायतको अभिनय रहेको छ ।

कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको फिल्मलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका छन् । यसमा फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । फिल्म माघ १८ बाट देशव्यापी प्रर्दशनमा आउनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.