चितवनमा ‘चौका दाउ’

यहि पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चौका दाउ’ को टोली फिल्मको प्रचार प्रसार को लागि चितवन आएको छ । मंगलबार हेटौंडा बाट आफ्नो मोफसल यात्रा सुरु गरेको चलचित्र ‘चौका दाउ’ को टोलीले बुधबार चितवनमा पत्रकार भेटघाट आयोजना गरेर फिल्मको बारेमा जानकारी दिएको हो ।

पत्रकार भेटघाटमा फिल्म निर्देशक पुर्णेन्द्र झाले फिल्ममा विभिन्न हाँस्य कलाकारले अभिनय गरेको र फिल्म समाजिक हाँस्य विधामा निर्माण गरिएकोले समाजमा देखिएका समस्यालाई हाँस्यव्यंग्य तरिकाले फिल्ममा उतारिएको बताए ।

एक करोड रुपैयाँ भन्दा माथि निर्माण रहेको फिल्म ‘चौका दाउ’कार्यक्रममा चलचिल निर्माण टोलीका सदस्य एवं पत्रकार डब्बु क्षेत्रीले चलचित्रका बारेमा सहजीकरण गरेका थिए।चलचित्र युनिट चितवनमा पत्रकार भेटघाट सकेर बुटवल हुदै पोखरा सम्म पुग्ने छ ।

पूणेन्दु झा निर्देशित यस फिल्ममा विल्सन विक्रम, रबिन्द्र झा , सन्तोष पन्त , तैयब शाह, अजस्र ढुंगाना, वर्षा राउत, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, सागर सिग्देललगायतको अभिनय रहेको छ ।

शम्भुजित बास्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेका हुन्। सिनेमामा शम्भुजीत बास्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

यो पनि पढनुहोस्:
हट एयर बलुनमा पोस्टर टाँसेर ‘गोपी’को प्रचार

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.