हट एयर बलुनमा पोस्टर टाँसेर ‘गोपी’को प्रचार

पछील्लो समय फिल्म प्रर्द्शनमा आउनु अघी विभिन्न किसिमका प्रचार-प्रसार विधीहरु अपनाउन थालिएको छ । आगामी माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म ‘गोपी’ले आफ्नो प्रचारलाई ब्यापक बनाउँदै प्रचारको अनौठो शैली अपनाएको छ ।

केही समय अगाडि मात्र नेपाल भित्रिएको नेपाल कै एक मात्र हट एयर बलुनमा आफ्नो पोस्टर टाँसेर फिल्मले पोखरामा प्रचार सुरु गरेको हो । फिल्मका कार्यकारी निर्माता श्रीधर पौडेलका अनुसार हट एयर बलुन प्रती मानिसहरुको बढ्दो आकर्षणका कारण यो प्रचरप्रसार विधी अपनाइएको हो ।

आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा दीपेन्द्र लामाद्वारा निर्देशित गोपीमा सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय रहेको छ ।

यो पनि पढनुहोस्:
राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर बनिन शृङ्खला खतिवडा

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.