भुटानको बोर्डरमा पनि नीलडेविड्स

नेपालका अन्तर्राष्ट्रिय हेयर स्टाइलिष्ट नील डेविड कटवाल भारतको पश्चिम बंगालस्थित जय गाउ“ (भुटानको सिमा) मा पनि पुगेका छन् । डेविडको नीलडेविड्स इन्टरनेशनल यूनिसेक्स सलूनको ६० औं शाखाको आज बुधवार नीलडेविड आफैंले रिबन काटेर उद्घाटन गरेका हुन् ।

सन् २०१९ को पहिलो सलून ईन्जिनियर सुनिल अग्रवाल र रिम्पल अग्रवालले करिव २५ लाख भारतीय रुपैया“ खर्च गरेर नीलडेविड्स ब्राण्डको फ्रेन्चाइज सलून खोलेका हुन् ।

नीलडेविड्स ब्राण्डले यतिबेला भारतमा राम्रँे छाप छोड्दै गएको छ । यसका साथै नीलडेविडले नेपाली हेयर स्टाइलिष्ट भएर नेपाललाई पनि चिनाइरहेका छन् । सन् २०२२ सम्ममा भारतमा एक सय वटा सलून खोल्नका लागि नीलडेविडले दिल्लीको शिवमाया ग्रुपसंग सम्झौता गरिसकेका छन् ।

यसका साथै भिनस इन्टरनेशनल ग्रुपले पनि भारतको उत्तर प्रदेशका लागि मास्टर फ्रान्चाइज लिए लगत्तै यही जनवरी १५ ताजमहलस्थित आग्रहमा पनि नीलडेविड्स सलून उद्घाटन हु“दैछ । यसबाहेक भारतको नोयडा, गाजियावाद, झा“सी, मीरुत तथा लखनउमा पनि नीलडेविड्स सलून सञ्चालनको तयारीमा छन् ।

नीलडेविड्सको ब्रँण्ड अब नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पनि लोकप्रिय हु“दैछ भने नेपाली ब्रँण्डको रुपमा बिस्तारसमेत भैरहेको छ ।

यो पनि पढनुहोस्:
चितवनमा ‘चौका दाउ’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.