निर्माण नहुँदै अनमोलको ‘ब्याचलर बन्टी’को प्रदर्शन मिती तय

मिलन चाम्सको निर्देशनमा फिल्म ‘ब्याचलर बन्टी’ बन्ने घोषणा केही समय अघी भएको थियो भने फिल्मको लिड रोलमा अभिनेता अनमोल केसी समेत फाइनल भइसकेका थिए । फिल्मको अघिल्लो असोजमा फ्लोरमा जाने र आगामी फागुनमा प्रदर्शनमा आउने घोषणा गरिएको थियो ।

तर अनमोल केसी अभिनित फिल्म‘क्याप्टेन’ र ए मेरो हजुर २ को छायान्कन लग्भग सम्पन्न हुन लाग्दा पनि सो फिल्म बन्ने अत्तोपत्तो छैन । जब की यि दुई फिल्म फ्लोरमा नजादै ‘ब्याचलर बन्टी’ बन्ने घोषणा गरिएको थियो ।

फिल्म बन्ने अत्तोपत्तो नहुँदै अहिले फिल्मको नयाँ प्रर्द्शन मिती तय गरिएको छ । सार्वजनिक खबरका अनुसार , फिल्म आगामी भदौमा प्रर्द्शन हुनेछ ।

फिल्मको निर्माण मिलन र ‘लिलिबिली’ का निर्माता सुदिप खड्काको प्रोडक्सनको ब्यानरमा बन्ने छ ।

यो पनि पढनुहोस्:
अर्पणको घरमा सुरक्षाको इन्ट्री

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.