जब फिल्मीकर्मीले बोल्दा विचार पु¥याउँदैनन्

सुत्र इन्टरटेन्मेन्ट- बजारमा कुनै कुरा विवादमा आयो भने फिल्मीकर्मी त्यसलाई मिडियाको दोष मानिदिन्छन् । मिडियाकै कारण खबर फैलिएको उनीहरु बताइदिन्छन् । तर, फिल्मीकर्मीले बोल्दै नबोलेको कुरा कसरी मिडियामा आउछ र ? आफू बोल्दा विचार नपुर्याउने अनी मिडियालाई पछि दोषी ठान्ने उनीहरुको बानी नै हैरानी बनाउने खालको छ ।

फिल्म विर विक्रम २ को पत्रकार सम्मेलनमा निर्देशक मिलन चाम्सले पत्रकारलाई घुमाउरो धम्की दिए । उनले पत्रकारले आफ्नो बारेमा नभएको, नकारात्मक कुरा लेख्दा श्राफ लाग्ने र आफूले दिएको श्राफ लागू पनि भएको बताइदिए ।
उनले, आफूले नै थाहा नभएको कुरा मिडियामा कसरी आउँछ भन्दै यस्तो कुरा सुनाउने मान्छेलाई श्राफ लाग्ने बताए ।

एउटा कुरा के हो भने, फिल्मवालाहरु सबै कुरा आफ्नो फाइदामा हुने मात्र बोल्छन् । उनीहरुले बोल्ने सबै कुरा सही हुन्छन् भन्ने पनि हुँदैन । आफूलाई चित्त नवुझेको कुरा बाहिर नआओस् भन्ने चाहना उनीहरुको हुन्छ । यसको मतलब, उनीहरुले त्यो कुरा गरेका नै छैनन् भन्ने होइन ।

निर्देशक मिलन चाम्स जस्तो बौद्धिक निर्देशक भनेर चिनिने उनले श्राफ लाग्छ भन्दै धम्की दिनु कत्तीको तर्कसंगत होला ? किनकी, निर्देशकको विचारले समाजलाई नयाँ उर्जा दिन्छ, नयाँ गती दिन्छ । तर, चाम्सको यो विचारले खै कस्तो गती देला ?
चाम्स मात्र होइनन्, बोल्न नजान्दा कलाकारहरु विवादमा बढी आउँछन् । अभिनेता पल शाहले कुनै समय एक युटुबमा अन्र्तवार्ता दिदा आफू जस्ता ५ जना हिरो मात्र भएर सिनेमा क्षेत्र नचल्ने र आफू जस्ता दर्जन हिरो चाहिने बताएका थिए । उनको यो भनाई ट्रोल बन्यो ।

किनकी, पल शाह जस्ता हिरो भएर मात्र फिल्म क्षेत्र चल्दैन । गतिलो कथा, पटकथा, निर्माण सबै कुरा आवश्यक छ । तर, पलले छोटो समयमा नै आफूमा सुपरस्टारडम बढेको छनक दिए ।
अभिनेता प्रदिप खड्का पनि बोल्न नजानेर विवादमा आए ।

उनले, आफूले फिल्मका लागि हिरोइन छनोट नगर्ने र यसअगाडि आफूले गरेका फिल्मका हिरोइन हेरेर पनि थाहा हुने बताए । उनले सोझै अभिनेत्री पूजा शर्मा र अश्लेषा ठकुरीमाथि यस्तो ब्यङ्ग्य कसेका थिए । उनले, काम गरेका यी दुई हिरोइनमाथि उनको टिप्पणीले उनलाई आलोचनामा राख्यो । पछि उनले आफूले यस्तो भन्न नखोजेको भन्दै कुरा बटारे ।

अभिनेत्री प्रियंका कार्कीले अमेरिका जाँदा एक अन्र्तवार्तामा आफू अमेरिका धेरै पटक आएको र यूएसए पहिलो पटक आएको भन्दै जवाफ दिइन् । उनको यो जवाफ पनि भाइरल बन्यो । यसमा थुप्रै ट्रोल पनि बनाइयो ।
तर, जे भएपनि प्रियंकाले बोल्दा सचेत नहुँदा यस्ता शब्द फुस्किएका थिए । कलाकारले बोल्ने कुरा मिडिया र समाजका लागि विशेष हुन्छ । तर, उनीहरुले कुनै पनि कुरा नतौलिइकन बोल्दा उनीहरुलाई त घाटा हुन्छ हुन्छ, यसले प्रभाव पनि पार्छ ।

यसैले त नेपालीमा एउटा उखान छ, बोल्दा प्याच्च नबोल्नु, बस्दा थ्याच्च नबस्नु ।

यो पनि पढनुहोस् :

पुराना सुपरस्टारको मेल कती आवश्यक ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.