यस्तो बन्यो ‘प्रेमनाथ’को ट्रेलर

फिल्म ‘प्रेमनाथ’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानी स्थित बुधबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले उक्त ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलर २ मिनेट ४६ सेकेन्डको रहेको छ जुन सम-सामुहिक विषय वस्तुमा आधारित रहेको छ ।

गुहेश्वरी बेलबासे निर्माता रहेको फिल्ममा कपिलप्रसाद कार्यकारी निर्माता तथा बसन्तराज भट्ट र मिलन राई सह–निर्माता छन् । फिल्ममा भरत क्षेत्रीको द्वन्द्व, सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीको संगीत, रजिन पाठकको नृत्य र सुमिन कार्की, सुरज पाण्डे तथा सञ्जय सहानीको छायांकन रहेको छ ।

फिल्मबाट गर्दैछन् । फिल्ममा गणेश बेलवासे, सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पुजा रिजाल, सिर्जना राई तथा कृति गौतम र मोनालिशा विष्टको ‘डेब्यु’ अभिनय रहेको छ ।
फिल्म आगामी चैत २२ गतेबाट प्रदर्शनमा आउदै छ ।

यो पनि पढनुहोस:
फाट्यो बखत बिष्टको मन

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.