रवि र निकिताको बिहे चर्चा कसरी चल्यो ?

rabi-lamichhane-nekita-poudel - sutraentertainment.com
rabi-lamichhane-nekita-poudel - sutraentertainment.com

सुत्र इन्टरटेन्मेन्ट- सार्वजनिक रुपमा नै चर्चित रहेका व्यक्तिको खबर केही छिनमै भाइरल बन्छ । अहिले सामाजिक संजाल र युटुब अनी अनलाइन मिडियाको जमाना हो । सानो कुरा भाइरल हुनका लागि समय लाग्दैन ।
नेपालका संचारमाध्यममा बिहिबारदेखि एकाएक भाइरल भएका छन् रवि लामिछाने ।

न्यूज २४ मा सिधा कुरा जनतासँग चलाएर आम जनताको मनमा बसेका रवि लामिछानेको व्यक्तिगत खबर अहिले संचारमाध्यममा तातेको छ । उनले आफ्नी पत्नीसँग डिभोर्स र डिभोर्स अघि नै प्रेमिकासँग बसेर १ सन्तान समेत भएको कुरा रविले स्टाटसमा नै उल्लेख गरेपछि नेपालको संचारमाध्यम तातेको छ ।

रवि र उनको पूर्व पत्नीसँगको सम्बन्ध र उनीहरु विच के भएको थियो भन्ने बिषयमा हामी नलागौ ।
रवि र उनकी श्रीमतीविच डिभोर्स भएसँगै चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र उनीविच प्रेम रहेको खबर नेपालको केही अनलाइन मिडियामा भाइरल भैरहेको छ ।

निकिता पौडेलको नाम फेरि किन रविसँग जोडियो ? के हो त रवि र निकिताको सम्बन्धको कुरा ?

निकिता पौडेल चलचित्र विकास बोर्डको अध्यक्ष भएपछि संचारमाध्यममा बढी हिट छिन् । त्यो भन्दा अगाडि उनी गोपिकृष्ण मुभिजको अध्यक्ष थिइन् । नेपाली कांग्रेस सरकारमा रहँदा उनलाई बोर्ड अध्यक्ष बनाइएको हो ।
बोर्ड अध्यक्ष पौडेल र संचारकर्मी लामिछाने प्रेममा रहेको खबर फैलिएसँगै उनीहरु चर्चामा छन् ।

बोर्ड अध्यक्ष पौडेल काठमाण्डौको मित्रपार्कस्थित अम्बे स्टेडियममा बस्छिन् । उनको पहिले नै वैवाहिक जीवन टुंगिएको हो । बैबाहिक जीवन टुंगिएपछि उनको नाम रविसँग अहिले जोडिएको छ ।
रवि लामिछाने पनि सोही अपार्टमेन्टमा बस्दै आएका छन् । उनीहरु अपार्टमेन्टको तल र माथिल्लो फ्लोरमा बस्दै आएका छन् ।

बोर्ड अध्यक्ष निकिता र रविले बिहे नै गर्न लागेको खबर फैलिएको छ । तर, दुबैले यो कुरालाई स्विकार भने गरेका छैनन् । निकिता र रविले आफूहरु राम्रो साथी मात्र भएको र एउटै अपार्टमेन्टमा बस्ने भएकाले माथि तल गर्दा चिनजान भएको उल्लेख गरेका छन् ।

रवि लामिछाने हिट भएकाले उनको बारेमा मिडियालाई चासो बढी भएको निकिता बताउँछिन् । निकितासँग प्रेम सम्बन्धमा रहेपछि आफूलाई रविले डिभोर्स दिन दबाब दिएको भनाई रविकी पूर्व पत्नीले सार्वजनिक गरिसकेकी छिन् । यसैले पनि यो खबरलाई अझै बढी बल मिलेको छ । रवि र निकिताले बिहे गर्ने तयारी समेत गरेको र इन्गेजमेन्ट गर्ने पक्का हुँदा रविको काम विशेषले गर्दा गर्न नभ्याएको चर्चा समेत चलेको छ ।

रवि र निकिता दुबैले बिहे गर्न लागेको कुरालाई अस्विकार मात्र गरेका छैनन् आफूहरु राम्रो साथी मात्र भएको बताउँदै आएका पनि छन् । तर, सिने वृत्तमा उनीहरु ६ महिनादेखि प्रेममा रहेको चर्चा चलेको केही समय भयो ।
जे भएपनि दुबैजना कानुनी रुपमा डिभोर्सी छन् । यसैले दुबैले बिहे गरिहाले भने पनि त्यसलाई ठूलो घटनाको रुपमा हेर्न आवश्यक छैन । तर, यो बारेमा तथ्यसत्य रवि र निकिताले सार्वजनिक गरेको खण्डमा त्यो नै हितकर हुनेछ ।

यो पनि पढनुहोस् :

जब फिल्मीकर्मीले बोल्दा विचार पु¥याउँदैनन्

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.