चौका दाउमा उर्वशी बन्दा बर्षालाई कति फाइदा ?

अभिनेत्री बर्षा राउतलाई फिल्ममा सोलो हिरोइन हुने खुबै रहर थियो । बर्षा सोलो फिल्ममा काम गरेर हिट हिरोइन बन्ने धुनमा थिइन् । उनको यही सोचका साथ चौका दाउ फिल्मबाट उनलाई अफर आयो । अहिले उनी यो फिल्मका ४ पुरुषकी एक्ली उर्वशी बनेकी छिन् ।

फिल्म भित्र बर्षालाई दर्शकले ४ पुरुषलाई फकाएर पैसा सोस्ने यूवतीको भूमिकामा देख्नेछन् । बर्षा यो सिनेमाले दर्शकलाई हसाँउने मात्र नभएर सन्देश पनि दिने बताउँछिन् । सन्तोष पन्त, तैयब शाह, रविन्द्र झा, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मलाई मनोजराज भण्डारी र सौर्यजित बास्कोटाले निर्माण गरेका हुन् ।

फिल्मलाई संरक्षण सिनेमाका निर्देशक पुनेन्द्रु झाले निर्देशन गरेका हुन् । पौषको २७ गतेबाट रिलिज हुन लागेको सिनेमालाई लिएर अहिले दर्शकमा अपेक्षा छ । सिनेमाको ट्रेलरलाई दर्शकले रुचाएका पनि छन् । चौका दाउ सिनेमा हिट भयो भने उर्वशी उर्फ बर्षा राउतका लागि ठूलो फाइदा हुनेछ । किनकी समुहका फिल्ममा काम गरेर चर्चा पाएपनि सन्तुष्ट नभएकी उर्वशी उर्फ बर्षालाई चौका दाउ चलेका ठूलो राहत मिल्नेछ ।

यो पनि पढनुहोस:
रवि र निकिताको बिहे चर्चा कसरी चल्यो ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.