‘गोपी’माथिश्रम मन्त्री गोकर्ण बिष्टको चासो

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘गोपी’फिल्मको टिमसँग भेटघाट गरेका छन् । सिंहदरबार स्थित मन्त्रालयको कार्य कक्षमा मंगलबार उनले फिल्मका कलाकार निर्माता तथा निर्देशकलाई भेटेकाहुन् । मन्त्री विष्टसँगको भेटघाटमा फिल्मकामुख्यकलाकार विपिनकार्की, सुरक्षापन्तसँगै निर्देशकदीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माताश्रीधर पौडेल र लेखक सामीप्य राज तिमल्सेना सहभागी थिए । सो भेटमा मन्त्री विष्टले फिल्मको ट्रेलरले आफूलाई उत्सुक बनाएकाले थप जानकारीका लागि फिल्मका निर्माण टिमसँग साक्षात्कार गर्न चाहेको बताए ।

‘चाह्यो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने फिल्मको विषय रहेछ । अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ । सरकारको धारणालाई फिल्मले समेटेको देख्दाएकदमै खुशीलाग्यो,’ मन्त्री विष्टले भने, ‘फिल्मप्रतिश्रम मन्त्रालय र व्यक्तिगत रुपमा मेरो पनि नैतिक समर्थन र ऐक्यवद्धता छ ।’

मन्त्री विष्टले आफूले यदाकदा नेपालीफिल्म हेर्न गरेको भएपनिमौलिकफिल्मकमै बन्ने गरेको कुरासँगआफू अवगतभएको बताउँदै नीतिगत रुपमै मौलिकफिल्मलाई प्रवर्द्धनगर्ने कुरा सरकारसँग राख्ने उनले आश्वासनदिए । भेटघाटकाक्रममाउनले फिल्मको बजेट र सुटिङ सम्बन्धी जिज्ञासा पनि राखेकाथिए ।

निर्देशकदीपेन्द्र लामाले श्रममन्त्रीले फिल्मप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसलामिलेको बताए । ‘विदेशनताकेर देशमै पसिनाखन्याउने युवाहरुको ठूलो जमात छ, देशमा । त्यो समूहलाई फिल्मको माध्यमबाटै भएपनिहौसलाप्रदानगर्ने उद्देश्यले देशमै केहीगर्न खोज्ने युवाको कथाभन्ने प्रयास गरेकाथियौं,’ लामाले भने, ‘हाम्रो काममामन्त्रीको नजर परेकोमाहामीलाई हामीआफ्नो उद्देश्यमा धेरधोर भएपनि सफलभएको महसुस भएको छ ।’

लेखक सामीप्यराजतिमल्सेनाले फिल्मले कृषिकर्म गर्ने लाखौं किसानको मुद्दालाई समेट्ने बताउँदै फिल्मले देश छाड्न चाहाने युवालाई फरक तरिकाले सोच्न प्रेरित गर्ने बताए । उनले पनिमन्त्रीको फिल्मप्रतिको चासोले ‘गोपी’लाई मात्रहोइन, मौलिककथामाफिल्मबनाउनचाहने थुप्रै फिल्मकर्मीलाई प्रेरित गर्ने बताए ।

आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा दीपेन्द्र लामाद्वारा निर्देशित गोपीमा सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय रहेको छ ।

यो पनि पढनुहोस:
यस्तो छ ’रणवीर’को ५ पोस्टर

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.