घमण्डले चकनाचुर भएको कलाकारको करिअर

सुत्र इन्टरटेन्मेन्ट- चरित्र अभिनेता कामेश्वर चौरासियाको बारेमा एउटा खबर आउन थालेको छ । कामेश्वर चौरासिया अहिले काम नपाएर छटपटिएका छन् । उनले नयाँ सिनेमा नपाएको ९ महिना भैसक्यो । कोठा भाडा तिर्न पनि समस्या छ ।

कामेश्वर उनै कलाकार हुन्, जसले सिनेमा रेशम फिलिलीमा काम गरेपछि आफूलाई नेपाली फिल्मको सबैभन्दा ठूलो स्टार ठानेका थिए । उनको स्टारडम यसरी बढेको थियो कि, उनी संचारमाध्यममा कुरा गर्न पनि कुनमा दिने र कुनमा नदिने लिस्ट माग्ने गर्थे ।

कामेश्वरलाई निर्माताले दुख दिएको खबर पनि सार्वजनिक नभएको होइन । तर, अब उनको अवस्था फेरिएको छ । अहिले उनी जुन भूमिकामा पनि काम गर्न तयार छन् । पछिल्ला फिल्ममा उनले काम गरेका भूमिकालाई लिएर आलोचना पनि भएको छ । तर, कामेश्वर यसलाई आफ्नो वाध्यता बताउँछन् । ३ बर्ष अगाडि स्टार बनेका एक हाँस्य कलाकार ३ बर्षपछि नै कोठा भाडा तिर्न नसकेर पीडामा छन् । यसको पछाडि उनको घमण्ड जोडिएको फिल्मीकर्मी नै बताउँछन् ।

घमण्डले कुनै पनि क्षेत्रमा भलो गर्दैन भनिन्छ । कुनै समय अभिनेता रमेश उप्रेतीको घमण्डको चर्चा खुबै हुने गरेको थियो । रमेश उप्रेती सोही घमण्डको कारण नेपाली फिल्मबाट टाढिए र अमेरिका पुगे । करिब ९ बर्ष अमेरिकामा बसेर फर्किएपछि उनले नेपाली फिल्मका ती निर्मातासँग माफी मागे, जुन निर्माताको सिनेमामा उनले काम गरेर दुख दिएका थिए ।

किनकी, निर्माता भएपछि मात्रै उनले आफ्नो समयमा पालेको घमण्डको अर्थ वुझेका थिए । रमेश उप्रेतीलाई पनि सो बेलामा घमण्डले नै सकेको चर्चा अहिले पनि हुनेगर्दछ ।
घमण्डकै कुरा गर्दा नेपाली फिल्ममा त्यस्ता सयौ कलाकार छन् । जो घमण्डकै कारण चकनाचुर भएका छन् । अभिनेता धिरेन शाक्यले आफ्नो यूगमा प्रतिस्पर्धी अभिनेता राजेश हमाललाई नै चिन्न मानेनन् ।

उनले राजेश हमाल भनेको को हो भनेर प्रश्न गरेको चर्चा अहिले पनि उस्तै छ । धिरेनले सो समयमा राजेश हमाललाई चिन्न नसक्दा उनको करिअर ध्वस्त भयो । धिरेनको सोही घमण्डले उनको यूग चाडै सकियो भने हमाल यूग अहिले पनि जस्ताको तस्तै छ ।

नेपाली सिनेमामा घमण्डी अभिनेत्रीको रुपमा निशा अधिकारीलाई पनि चिनिन्छ । पत्रकारलाई गाली गर्नेदेखि फिल्ममा काम गर्दा निर्मातालाई दुख दिने कुरामा उनको नाम अघि आउँछ । सोही घमण्डले अहिले निशालाई फिल्म क्षेत्रबाट नै टाढा पुर्याइदिएको छ । अहिले उनी अमेरिका पुगिसकेकी छिन् ।

नेपाली फिल्ममा घमण्डी कलाकारको नाम लिने हो भने लामो सूची बन्छ । तर, घमण्ड गर्ने कलाकारको चुरिफुरी लामो समय टिकेको छैन । यसैले पनि आफ्नो कामको सही कदर गर्दै अघि बढ्न आवश्यक छ । अहिलेका नयाँ पुस्तामा झनै घमण्ड बढेको र काम गराउन गाह्रो परेको गुनासो निर्माताको आउन थालेको छ ।

यसले, केही समय त स्टारडमको पारो देखाउला, तर लामो समयका लागि फाइदा भने गर्दैन । यसैले, पुराना कलाकारबाट सिकेर नयाँले पनि पाढ सिक्न आवश्यक छ । होइन भने, घमण्डले आफैलाई खान्छ भन्ने कुरा आफूमाथि नै लागू नहोला भन्न सकिन्न ।

यो पनि पढनुहोस्:
सिमानापारी आएका हिरो-हिरोइन, तर चम्किएन करिअर

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.