गोपीमा ३ कलाकार, जनावर प्रेमले सहज बनाएको अभिनय

सुत्र इन्टरटेन्मेन्ट- अभिनेता विपिन कार्कीलाई भर्सटायल अभिनेताको रुपमा चिनिन्छ । उनको स्टारडम छ या छैन, त्यो मापन दर्शकले नै गर्लान् । तर, विपिन कार्कीको अभिनयबाट प्रभावित दर्शक र समिक्षक भने धेरै छन् ।
छड्केदेखि सुरु भएको उनको अभिनय यात्रा गोपीसम्म आइपुग्दा दर्शकका लागि लोभिने बनेको छ ।

हरेक सिनेमामा फरक फरक भूमिकामा काम गर्न रमाउने विपिन यसपटक गोपीमा गाइपालक किसान बनेका छन् ।
डिग्री पढेर पनि विदेश नगई देशमै गाइपालन गरेको एक यूवाको कथामा अभिनय गर्दा विपिन रमाए ।

३ घन्टामै कथा पढेका विपिनका लागि यो भूमिका निर्वाहा गर्न सहज थिएन । तर, उनलाई उनको विगतले यो कुरामा साथ दियो ।
विपिन कार्कीले पहिले पनि गाउँमा गाइ पालेका थिए । गाइसँग रमाएका उनी गाइको भाव वुझ्थे । फिल्ममा उनले दर्जन गाई पालेका छन्, गाउँमा एउटा मात्र गाई थियो । तर, पनि जनावरसँगको भाव वुझ्नका लागि उनलाई गाह्रो भएन । उनी सहजै तयार भएका थिए ।

विपिनले गाइको गोबर सोहोरेका छन्, दुध बेच्न हिडेका छन्, घाँस पनि काटेका छन् । अभिनयमा डुब्न माहिर मानिने अभिनेतालाई यो अनुभवले झनै सहज बनाइदियो ।
विपिन मात्र होइन, सिनेमाका २ अभिनेत्रीले पनि जनावरसँग नजिक रहेर काम गरेका छन् ।

अभिनेत्री बर्षा राउतले गाउँमा आफूले जनावरसँग नजिक रहेर काम गरेको बताउँछिन् । यसैले पनि आफूलाई काम गर्न सहज भएको उनले बताइन् । अभिनेत्री सुरक्षा पन्त पनि जनावरप्रतिको प्रेम कसलाई पो हुँदैन भन्ने तर्क गर्छिन् । यही तर्कका कारण पनि उनलाई काम गर्न सहज भयो ।

सिनेमाका निर्देशक दिपेन्द्र लामा यो सिनेमाको पात्रले गाइ पाल्ने भएपनि गाई पालक किसानको कथामा सिनेमा बनेको भने स्विकार गर्दैनन् । सिनेमा भित्र रमाइलो, प्रेम, हाँसो सबै भएको उनले बताए ।
तर, पनि सिनेमाले दर्शकलाई स्वाबलम्बन बन्नका लागि एकपटक सोच्न वाध्य बनाउने उनको भनाई छ ।

माघको १८ गतेबाट रिलिज हुन लागेको यो सिनेमा गाउँका मात्र नभई शहरका दर्शकले पनि हेर्न आवश्यक रहेको कार्यकारी निर्माता श्रीधर पौडेल बताउँछन् । यस्तै, सिनेमाका लेखक सामिप्यराज तिमिल्सिना जनावरसँग काम गर्न सजिलो नभएपनि आफूहरुले आट गरेको बताउँछन् ।

गोपी आफैमा एउटा शिक्षा हो । यसैले पनि यो सिनेमाप्रति सरकारका मन्त्रीहरुले पनि चासो व्यक्त गरिरहेका छन् ।

यो पनि पढनुहोस्:

घमण्डले चकनाचुर भएको कलाकारको करिअर

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.