प्रेमलिलिको प्रर्द्शन मिती परिवर्तन

माघ २५ गतेलाई आफ्नो प्रदर्शन मिती तय गरेको फिल्म’प्रेमलीला’ले आफ्नो प्रदर्शनलाई पछी सारेको छ । फिल्मको भिएफएक्सको काम सकिनअझै केही समय लाग्ने भएपछी फिल्मनिर्माण टिमले प्रदर्शनलाई पछी सारेको फिल्मकी नायिका दिपशिखा खड्काले बताएकी छिन् ।

फिल्म अब फागुन १० गते देखि प्रदर्शन हुनेछ । वितरक कम्पनी र निर्माण टिम बिच फागुन १०माफिल्म सार्वजनिक प्रदर्शनमाल्याउने सहमती भइसकेको समेत नायिका खड्काले बताएकी छिन् ।

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फर्स्ट लुक र दुई गीत सार्वजनिक भइसकेको छन् भने ट्रेलर छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम लागेको छ । पबन गौतमको छायांकन, चन्दनदत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलिखान, मौसम खड्का, सुरज तमु, रेखाशाह, शर्मिलाशर्मा, भारतीय कलाकारहरु अर्चनाशुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथातथा लेखन रहेको फिल्मलाई नानी मैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.