विकिनीले चम्काएन हिरोइनको करिअर

सुत्र इन्टरटेन्मेन्ट- फोटोसुट होस् या सिनेमामा नै किन नहोस्, हिरोइनहरुलाई विकिनी लगाएर हट बन्न आपत्ती छैन । विकिनीमा हट बनेर देखिदा दर्शकको क्लिकमा पर्ने र हिट हुने आशा त सबैलाई होला नै । तर, के विकिनीले हिट बनाउँछ त ?
नेपाली फिल्ममा त्यस्ता कैयौ कलाकार छन्, जसलाई विकिनीले हट बनाएको छ । जो विकिनी लगाएर फेसबुकमा फोटो राख्न वा फिल्ममा खेल्न आपत्ती मान्दैनन् ।

अभिनेत्री सुष्मा कार्कीको विकिनी तस्बिर हेर्नका लागि लामो समय पर्खन पर्दैन । उनी फेसबुकमा यस्ता फोटो सहजै राखिदिन्छिन् । केही सिनेमामा त उनले विकिनी दृश्य पनि दिएकी छिन् । सुष्मालाई त नेपाली फिल्ममा विकिनी गर्ल पनि भनिन्छ । उनले खिचाएका फोटोहरुमा पनि विकिनी सामान्य देखिन्छ । तर, विकिनी लगाएर उनी हट त बनिन्, हिट बनिन् ।

विकिनीको कुरा गर्दा कृ सिनेमामा काम गरेकी अदिती वुढाथोकीलाई पनि कसैले जित्न सक्दैन । उनका फोटोसुटहरु विकिनीमा बढी केन्द्रित छन् । विकिनी लगाएर निर्धक्क तस्बिर पोष्ट गर्न उनलाई आपत्ती छैन । तर, उनको विकिनी फिगरले सामाजिक संजालमा त काम गरेको छ, तर सिनेमामा काम गरेको छैन । सिनेमामा उनले काम गरिसकेपछि उनलाई फेरि पनि खासै पत्याइएको छैन ।

विकिनी लगाएर दृश्य दिने कुरामा अभिनेत्री परमिता आर एल राणा पनि अगाडि नै छिन् । उनले चपली हाइट २ मा अभिनेता आयुष्माान देशराज जोशीसँग दिएको गरम दृश्यले चर्चा त पायो । यो गीतलाई दर्शकले रुचाएपनि । उनले रोज सिनेमामा पनि विकिनी दृश्य दिएकी थिइन् । तर, परमिता पनि नेपाली फिल्ममा त्यस्तो चल्तीकी अभिनेत्रीमा पर्दिनन् ।

अभिनेत्री प्रियंका कार्कीलाई दर्शकले विकिनीमा खुबै देख्छन् । झनै, अभिनेता आयुष्मान देशराज जोशीसँग प्रेममा परेपछि त उनलाई विकिनीमा रमाएको तस्बिरमा खुबै देखिन्छ । नेपाली सिनेमामा राम्रै चलेकी अभिनेत्रीका यस्ता पोष्टले खासै कमाल गरेको छैन । किनकी, उनलाई यस्तो तस्बिरले झन बढी आलोचना दिइरहेको छ ।

विकिनीमा फिल्म ऐश्वर्यमा देखिएकी अभिनेत्री हुन् दिपिका प्रसाई । दिपिकाको फिल्ममा परिचय नै विकिनी दृश्यबाट गराइएको थियो । दिपिकाको विकिनी तस्बिरले खुबै चर्चा पनि पायो । तर, विकिनीमा उनलाई दर्शकले रुचाएनन् । बरु, उनी सिम्पल पहिरनमा नै बढी सुहाएकी छिन् ।

विकिनी लगाएर अभिनेत्रीले हट बन्न खोज्नु नयाँ कुरा त होइन । अभिनेत्री जीया केसीले विकिनी लगाएर सिनेमामा काम मात्र गरिनन्, प्रशस्त फोटोसुट पनि गरिन् । तर, उनको यो जवानीले कुनै कमाल गरेन । उनी अहिले अभिनेता भूवन केसीसँगको लिभिङ टूगेदरमा रमाइरहेकी छिन् ।

कुनै समयमा त नेपाली फिल्ममा विकिनी नलगाउने हिरोइन हिरोइन नै होइनन् जस्तो देखिएको थियो । तर, विकिनीले हिरोइनलाई हट बनाउँछ हिट बनाउँदैन । यो घटनाक्रमले पनि देखाएको छ ।
विकिनी कथाको माग अनुसार लगाउन आवश्यक पनि होला । पूजना प्रधानदेखि सुष्मा कार्की सम्मले विकिनीबाट नै चर्चा त पाए । तर, सिनेमामा लामो समयसम्म काम पाएनन् ।
अहिले सिनेमा कमै मात्र अभिनेत्रीहरु विकिनी लगाउँछन् । तर, विकिनीमै देखाएर बजार तताउँछु भन्नु चै भ्रम मात्र हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.