रणवीर रिलिज नभए सम्म अरु केहि गर्दिन; सुपुस्पा भट्ट

नेपाली फिल्म उधोगमा अहिले नयाँ अनुहार खोजी हुनुका साथसाथै थुप्रैले नेपाली फिल्म नगरिमा प्रवेश गरेका छन । ति मध्यकि एक हुन् , सुपुस्पा भट्ट । उनि फिल्म रणवीर मार्फत फिल्म नगरीमा डेब्यु गदैछिन् ।

चार्टर एकाउन्टकि विधार्थी भएता पनि उनलाई फिल्मलाई आउने रहर थियो । ‘अडिसन मार्फत नै फिल्ममा चयन भएकी हु’ सुपुस्पा भन्छिन् ‘सानै देखि फिल्ममा आउने चाहना थियो , रणवीरलाई फिमेल क्यारेक्टर चाहिएको छ भन्ने थाह पाएपछि अडिसनमा पुगेर सेलेक्ट भएकी हु ।’ उनलाई फिल्ममा आउने रहर त थियो तर चिनजान भने कोहिसँग थिएन । तर उनले आफ्नो ईच्छा एकपटक प्रशान्त ताम्राकारसँग शेयर गरेकी थिइन् ।

अडिसनको खबर पनि प्रशान्त मार्फत नै उनले पाइन् । ‘मलाइ प्रशान्त सरले भन्नु भएपछी इन्टरनेशनल क्लब सानेपा गएर अडिसन दिए’ सुपुस्पाले अडिसनको समयलाई सम्झिदै भनिन् ‘मैले पहिला आफैले एउटा डायलग बोले त्यसपछि सुशीलजीसँग एउटा सिन दिनु भयो , त्यो गरेर फर्किए ।’ उनलाई बेलुकी मात्र आफु सेलेक्ट भएको थाह भयो , त्यसपछी खुसि भईन् ।

‘फिल्मनगरिलाई मैले रणवीर मार्फत नै सिके र बुझ्दैछु’ उनले आफुले पाएको मौकालाई खेर नजान दिएको बताउछिन । किनकी उनले सोचेकी थिइन् , यति छिटै फिल्ममा आफुलाई पाउछु भनेर । ‘निकै राम्रो टिम पाएको छु , सपोटिभ हुनुहुन्छ , सिकाउनु हुन्छ , बुझाउनु हुन्छ’ उनि भन्छिन् ‘मलाइ घरबाट पनि निकै सपोर्ट गर्नु हुन्छ ।

’ उनि सिएको विधार्थी भएपनि उनलाई घरबाट पूर्ण सपोर्ट छ । फिल्मको सार्वजानिक सामाग्री गीत र ट्रेलरमा देखिदा नै उनलाई म्युजिक भिडियो , एड तथा केहि फिल्मको अफर आइसकेको छ , तर उनि रणवीरको रिजल्ट कुर्दै्छिन् । ‘मलाइ कस्तो रुपमा लिनु हुन्छ दर्शकले भन्ने लागिरहेको छ’ सुपुस्पा भन्छिन् फिल्म मात्र होइन , म्युजिक भिडियो र एडको अफर पनि आइरहेको छ तर रणवीर रिलिज नभएसम्म म अरु प्रोजेक्टमा नजोडिने निर्णय लिएकी छु ।

गोविन्द सिंह भण्डारी निर्देशित फिल्ममा उनकै कथा, पटक तथा संवाद रहेको छ । द्वय थापा र रेग्मी निर्माता रहेको फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको रहेको छ ।

फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल गायतका कलाकारको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.