‘गरुड पुराण’लाई पिजी सर्टिफिकेट

४ माघबाटदेश ब्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म ‘गरुड पुराण’ सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँच समितिले यो फिल्मलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाईडेड’ (पिजी) सर्टिफिकेट दिएको छ ।

फिल्मलाई सेन्सर बोर्डका पदाधिकारीले मन पराएको र यो फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा उठाईएको फिल्मका निर्देशक कोईरालाले जनाएका छन ।

पारिवारिक प्रेमकथामा आधारित फिल्ममा सुबास कोईरालाको निर्देशन आकाश बराल, बिनोल खतिवडा र सुवास तथा अजित प्रजापति र अशोक गौतम निर्माता रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन ।

फिल्ममा कर्मा शाक्य, नाजिर हुसेन, प्रियान्क सिंह ठकुरी, कामेशोर चौरस्यि , प्रबिन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लूनिभ तुलाधार, बसन्त भट्ट, कृष्ण भक्त महर्जन, जनवी बोहोरा, कमल प्यासी देवकोटा, सरोज श्रेष्ठ, केशब सिंह ठगुन्न, सगर ढकाल, गणेश बश्याल लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म माघ ४ गतेबाट देशब्यापी प्रर्द्शनमा आउँदै छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.