यस्तो बन्यो बुलबुलको ट्रेलर

माघे सङक्रान्तीको अवसर पारेर फिल्म बुलबुलको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म निर्माण पक्ष्यले केही दिनअघि फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई दोहोरो भूमिकामा प्रस्तुत गरेको भिडियो सार्वजनिक गर्दै माघ १ मा ट्रेलर सार्वजनिकगर्ने घोषणा गरेको थियो ।

सार्वजनिक ट्रेलरले स्वस्तिमा खड्काको चरित्र मार्फत फिल्मको कथा भन्ने प्रयास गरेको छ । सार्वजनिक ट्रेलरमा स्वस्तिमा खड्कासँगै नवअभिनेता मुकुन भुषाल र लक्ष्मी बर्देवाले पनिपर्याप्त स्थान पाएका छन् ।

यस अगावै सार्वजनिक दुई टिजर र स्वस्तिमा खडकाले आफनै पात्रसँग कुराकानी गरेको प्रचारात्मक दृश्य सामग्रीबाटै चलचित्र ‘बुलबुल’कादुई पात्रचोपेन्द्र र रनकलादर्शकमाझ परिचितभइसकेकाछन् । उनीहरुको सिको गर्दै दर्शकले टिकटकमाहजारौं भिडियो बनाइसकेका छन् ।

विनोद पौडेलको निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । विनोद पौडलकै पटकथा रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । अबिरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले संयुक्त रुपमा निर्माण गरेको फिल्मको रामराजा दाहाला कार्यकारी निर्माता हुन् । फिल्ममा सम्पादन अनिमेष सापकोटाको रहेको छ । फिल्म फागुन ३ बाट देशभर प्रदर्शन हुँदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.