नायिका ऋचा शर्मा नर्भिक अस्पतालको आइसियूमा

एक्कासी छाती दुखेपछी नर्भिक अस्पताल नायिका रिचा शर्मा भर्ना भएकी छिन् । स्रोतका अनुसार नर्भिक अस्पतालको आइसियूमा उपचार भइरहेको खबर छ ।

मेरोफिल्मसंगको टेलिफोन सम्पर्कमा उनले भनिन् ‘एक्कासी चेस्ट पेन भएर अस्पताल आएको थिएँ । इसिजी गर्दा एबनर्मल देखियो अनि ‘एन्जियोप्लास्ट’ गरेर हेर्दा सबै सामान्य रहेछ । अहिले वार्डमा सरिसकेको छु । हर्ट अट्याक भएको भन्ने समाचारहरु आएछ तर होइन । म ठिक छु । चाँडै घर फर्किन्छु ।’

नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जयसवालको चिकिस्तीय टोलीले अहिले उनको उपचार गरिरहेको र हाल उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.