सबै कलाकारहरुलाई एक पटक फिल्म निर्माण गर्न दीपशिखाको अनुरोध 

फागुन १० गतेबात देशब्यापी प्रदर्शनमा आउने तयारिमा रहेको फिल्म ‘प्रेम लिलि’को फर्स्ट लुक , दुई गीतसाथै बिहिबार फिल्मको ट्रेलर पनि सार्वजनिक भएको छ । फिल्म निर्माण टिम लगाएत उपस्थितिमा राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा फिल्मकी अभिनेत्रीले आफ्नो फिल्म निर्देशक बिनानै सम्पन्न गरेको बताएकी छिन। उनका अनुसार फिल्मको कारीब ६०-६५ प्रतिशत निर्देशन जनक पाण्डेले निर्देशन गरेका थिए। जो त्यस पछी गायब भएका छन।

नायिकाका अनुसार निर्देशक गायप भए पछी उनि आफैले बाकी फिल्म निर्देशन गरेकी हुन र फिल्मको पोस्टर देखी कुनै पनि ठाउँमा निर्देशकको नाम राखिएको छैन । उनि भन्छिन जब उनले सो फिल्म आफै बनाउने तथा अभिनय गर्दा बल्ल थाहा भयो कि निर्माता हुन कती गाह्रो हुने र सबै कलाकारहरुले आफै एक पटक फिल्म निर्माण गर्नु पर्ने बताएकी छिन ।

फिल्ममा पबन गौतमको छायांकन, चन्दनदत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलिखान, मौसम खड्का, सुरज तमु, रेखाशाह, शर्मिलाशर्मा, भारतीय कलाकारहरु अर्चनाशुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथातथा लेखन रहेको फिल्मलाई नानी मैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यो पनि पढ्नुहोस;
समर लभ हेरौ थाइल्याण्ड घुमौ

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.