१० बर्षे च्यालेञ्जमा सेलिव्रेटीको रुप बदलियो, तर अभिनय

सुत्र इन्टरटेन्मेन्ट-  नेपाली कलाकारले अरुको च्यालेञ्ज मात्र लिने कि आफूले पनि च्यालेञ्ज दिने ?
सामाजिक संजालमा बेला बेलामा कस्ता कस्ता प्रतिस्पर्धा हुने गर्दछन् । यस्ता खालका प्रतिस्पर्धामा सबैभन्दा अघि त नेपाली सिनेमाका कलाकार नै हुन्छन् । अरु, कुरामा प्रतिस्पर्धा गरुन् या नगरुन्, नेपाली फिल्मका कलाकारले यस्तो कुरामा भने प्रतिस्पर्धा गरेका हुन्छन् । कलाकारको प्रतिस्पर्धा हेर्दा कहिलेकाही त उदेक नै लाग्छ ।

अहिले सामाजिक संजालमा एउटा प्रतिस्पर्धा भएको छ । १० बर्षमा को कती बदलियो भनेर फोटो राख्ने र त्यसलाई दाँज्ने प्रतिस्पर्धामा सबैले सन् २००९ र सन् २०१९ को फोटो राखिरहेका छन् ।

१० बर्षे अवधीमा कती हिरोइनले आफूलाई झनै मेन्टेन गरेका छन् । कतिपयको अनुहार हेर्दा १० बर्ष अगाडि कस्तो लाग्थ्यो ? सबैले आफ्नो पुरानो फोटो राखेर तहल्कै मच्चाएका छन् । अभिनेत्रीहरु बर्षा राउतदेखि परमिता आर एल राणा, अशिष्मा नकर्मीदेखि अधिकांशलाई यो च्यालेञ्जले छोएको छ ।

यस्तो प्रतिस्पर्धा पहिले पनि भएको थियो । बकेट च्यालेञ्ज भन्दै अभिनेत्रीहरुले चिसो पानी शरीरमा खन्याएर पनि प्रतिस्पर्धा गरे । यो रमाइलो च्यालेञ्ज सामाजिक संजालमा खुबै चल्यो ।

हो, नेपाली कलाकारलाई विश्वका विभिन्न देशबाट सुरु हुने यस्ता खालका चुनौतीमा खुबै रंग लाग्ने गरेको छ । यस्ता खालको रंगले छुनु पनि पर्छ । किनकी, सामाजिक संजालमा सक्रिय बनाउने एउटा तरिका यो पनि हो । तर, यस्ता खालका सामान्य भन्दा सामान्य चुनौती लिन तयार हुन ।

नेपाली फिल्मका कलाकारले सिनेमाको अभिनय गरेर आफूलाई भिन्न देखाएको, नयाँ सिनेमाका लागि कसको भूमिका शक्तिशाली र भिन्न हुने भनेर कहिले चुनौती दिन र लिन सकेनन् ।

किनकी, नेपालमा कलाकारले भिन्न अवतारमा अभिनय गरेको देखिदैन । जस्तो अफर आफूलाई आउँछ, त्यस्तै अफरमा रमायो बस्यो । सिनेमा भन्दा बढी फेसबुक र इन्स्टामा सक्रिय हुने सेलिव्रेटीहरुले पनि कहिलेकाही यस्ता कुराको सुरुवात गरे हुँदैन ।

अरुलाई चुनौती दिन नसकेपनि आफैले आफूलाई चुनौती दिन पनि यहाँ गाह्रो छ । अनी, आफूलाई यस्तो खालको भूमिकाको अफर नै नआएकाले गर्न नपाएको एकहोरो जवाफ दिएर कलाकार पन्छिन खोज्छन् ।

नेपाली दर्शकले कुनै कलाकारले आफूलाई भिन्न शैलीमा ढाल्छन् र कलाकारको भिन्न रुपले नै दर्शक तान्छ भन्ने अवस्था छैन । कलाकारहरु निर्माता निर्देशकले जे भन्यो, सोही काम गर्छन् ।

यसैले अब कहिलेकाही सामाजिक संजालमा आफ्नो भूमिकाका लागि, आफूले सिनेमाको लागि फरक भूमिकाको चुनौती लिन तयार भएको अरुलाई पनि लिनका लागि चुनौती दिने काम गरे हुन्न र ? कि सधै विदेशबाट जे कुराको हल्लाखल्ली आउँछ, त्यसकै पछि लागेर २ दिने रमझममा रमाउने ?

नेपाली कलाकारले पनि अब विश्वका अन्य सेलिव्रेटीलाई कुनै न कुनै प्रतिस्पर्धाका लागि चुनौती दिने पो हो कि ?

यो पनि पढनुहोस्:
फिल्म चलेर मात्र होइन, हलमा रिलिज नै नभएर पनि डुब्छन् निर्माता

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.