अन्जु पन्त र मनोज राजको यादमा प्रियंका र अनिलको जीवन्त अभिनय

चर्चित गायिका तथा समाज सेवी अन्जु पन्त र मनोज राज शिवाकोटिको स्वरमा ‘सम्झे पनि तिम्रो याद ‘बोलको गीत सार्वजनिक भएको छ ।

युटुब मार्फत सार्वजनिक उक्त गीतमा  सुरेश वाग्लेको शब्द, मनोज राज शिवाकोटि गायक स्वयमको संगित र सचिनको एरेन्ज रहेको गीतमा प्रियन्का कार्की, अनिल थापा र सुरेश वाग्लेको अभिनय रहेको छ ।

डिभोर्सपछि पहिलो पटक अन्जु पन्त र मनोजराजले यसै गीतमार्फत् साङ्गीतिक सहकार्य सुरु गरेका हुन्। गीतको भिडियो सार्वजनिक सम्बन्धमा कुरा गर्दै रचनाकार वाग्लेले अन्जु पन्त र मनोजराज सङ्ग आफ्नो निकै पुरानो चिनजान रहेको बताउँदै उनीहरूको पारिवारीक सम्बन्धभन्दा टाढा रहेर साङ्गीतक यात्रालाई निकट बनाएको जानकारी दिए। उक्त गजल करिव १५ वर्ष अघि उनीहरूले स्टेजमा गाउने गरेको सम्झँदै वाग्लेले आफ्नो विशेष पहलमा उनीहरूलाई फेरि सङ्गै गाउने वातावरण तयार गरेको जानकारी दिए।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.