सुपुष्पाको प्रेममा तड्पिएका रणवीर ( भिडियो )

माघ १८ गतेबाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘रणवीर’को मान्न चाहन्न’बोलको गीत सार्वजनिक भएको छ । केहि समय अगाडी निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा फिल्मका अभिनेता सुशील सिटौला अभिनेत्री सुपुष्पा भट्टको प्रेममा तड्पि रहेको देखाइएको छ ।

सार्वजनिक गीतमा हेर्चुलेस बस्नेत र प्रबिशा अधिकारीको स्वर, हेर्चुलेस बस्नेतकै शब्द/संगीत संयोजन र रिकेश गुरुङको एरेन्ज रहेको छ ।

एक्सन जनरामा निर्माण भएको उक्त फिल्ममा गोविन्द सिंह भण्डारीको निर्देशन तथा दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । फिल्ममा शुशिलका अलावा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.