केकी र कोशिशको ‘रातो गलबन्दी’

फिल्म ‘रातो गलबन्दी’ बन्ने भएको छ । सोमबार झापाको उर्लाबारी स्थित एक कार्यक्रमको आयोजना गर्दै फिल्म बन्ने औपचारिक घोषणा गरिएको हो । फिल्ममा एक्सप्रेसन कुइन अभिनेत्री केकी अधिकारी र संगीतकार कोशिश क्षेत्रि पहिलो पटक एकैसाथ पर्दामा देखिदै छन् ।

मनिष थापाको निर्देशन रहने फिल्ममा नवराज लम्साल, हिमाल कडेरीया र दुर्गा बस्नेत निर्माता रहेका छन् । प्रेमकथामा आधारित रहेर निर्माण हुने उक्त फिल्मको छायांकन झापाको विभिन्न रमणीय ठाउँबाट शनिबार सुरु गरिएको छ ।

करिब ९० लाखको बजेटमा बन्ने छ । फिल्ममा केकी र कोशिशका अलावा बुद्धि तामाङ, रमेश बुढाथोकी, अर्जुन गुरुङ र यज्ञबहादुर कटुवाल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
यो पनि पढनुहोस;
दुलही बन्ने शुभकामना बटुल्दै बर्षा बुटबलमा

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.