प्रियंका र आयुष्मानको आयंका फाउण्डेशन

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आयंका फाउण्डेशनको घोषणा गरेका छन् । अभिनयसंगै अब समाज सेवालाई पनि अघि लैजाने हेतुले यी दुईले सो फाउण्डेशन चलाउने निर्णय गरेका हुन ।

कलाकारिताबाट धेरैको मन मस्तिष्कमा वस्न सफल यी जोडीले अब कलाकारितासंगै समाज सेवा गरेर मानिसमाझ जनचेतना बढाउने यी दुईको योजना रहेको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँगको सहकार्यमा स्वास्थ्य, शिक्षा, सरसफाई, महिनावारी, बालविवाहलगायतका विविध विषयमा चेतना फैलाउन फाउण्डेशन अग्रसर रहने नायिका प्रिंयंकाले बताएकी छिन ।

नायक आयुष्मानका अनुसार, बालबालिकाको शिक्षामा विशेष जोड दिँदै असहाय, अनाथ र पिडितको घाउमा मल्हम पट्टी लगाउन पनि फाउण्डेशनले सक्दो प्रयास गर्नेछ । यस्तो परोपकारका लागि आफ्नो कमाईको १० प्रतिशत रकम छुट्याईने उनीहरुको प्रतिबद्धता छ । फाउण्डेशनको घोषणासँगै टोल सफाईमा सक्रिय हुने उनीहरुले बताएका छन् भने फाउण्डेशनको मुख्य सल्लाहकारका रुपमा सरोज ओलीलाई राखिएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.