ब्रेकअपको ट्रेलर सार्वजनिक

फाल्गुन १७ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘द ब्रेकअप’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले सार्वजनिक गरेको उक्त ट्रेलरमा प्रेम प्रतिको युवायुवतीको सोचलाई देखाउन खोजिएको छ ।

ट्रेलरमा फिल्मका मुख्य दुई पात्र आशिरमान देशराज जोशी र शिल्पा मास्के फिचर्ड रहेका छन् । जसमा रोमान्ससंगै ब्रेकअपको भावनालाई समेटिएको छ ।

हेमराज बिसी निर्देशित फिल्ममा रुपक थापा, दीपक खतिवडा, रेनु राणा र हेमराज बिसी लगानी रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन भने सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । फिल्ममा आशिर र शिल्पासँगै इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.