कलाकारको फाउन्डेशनः अरुको सहयोगमै बढी निर्भर

सुत्र इन्टर टेन्मेन्ट-अभिनेत्री प्रियंका कार्की र अभिनेता आशिरमान देशराज जोशी मिलेर आयंका फाउन्डेशनको सुरुवात गरेका छन् । यो फाउन्डेशनले केही दिनदेखि काम सुरु गरेपनि आजमात्र औपचारिक रुपमा यसको घोषणा भएको हो ।

यो फाउन्डेशनको घोषणा सभामा अभिनेत्री प्रियंका कार्की उत्साहित देखिइन् । सिनेमा क्षेत्रमा लागेको आधा दशक भन्दा बढी समय भएपछि उनले यो फाउन्डेशन खोल्ने निर्णय गरेकी हुन् । चाडै नै श्रीमान् हुन लागेका प्रेमी आयुष्मान देशराज जोशीको साथ पाएपछि उनी झनै उत्साहित छिन् ।

प्रियंका र आयुष्मान नै पहिलो कलाकार होइनन्, जसले यसरी फाउन्डेशन खोलेका छन् । नेपालमा कलाकारले फाउन्डेशन खोल्ने त फेसन नै आएको छ । कसैले फेसनलाई काममा बदलेका छन् भने कसैले फेसनलाई फेसनमै सिमित राखेका छन् ।
आयुष्मान र प्रियंकाको फाउन्डेशनले कस्तो काम गर्छ, अहिले नै मुल्यांकन गर्ने बेला आएको छैन । तर, कलाकारको बोली बिक्ने र मिडियाले पनि सुन्ने भएकाले पनि उनीहरु करिअरको उच्च विन्दुमा पुगेपछि यतातर्फ आकर्षित भएका छन् ।

नेपालमा कलाकारले फाउन्डेशन खोलेपछि अरुको सहयोगको अपेक्षा बढी गर्छन् । तर, विदेशमा कलाकारको हकमा यस्तो हुँदैन । विदेशमा कलाकारले आफ्नै आम्दानीबाट केही हिस्सा फाउन्डेशनमा लगाएका छन् । यसैले पनि उनीहरुको फाउन्डेशन निरन्तर चलिरहेको छ । तर, नेपालमा सहयोग पाएको खण्डमा गर्ने नत्र नगर्ने चलन बढी चल्दा फाउन्डेशन सुस्ताएको मात्र छैन, कतिपयले त छवि पनि विगारेका छन् ।

अभिनेत्री रेखा थापाले खोलेको रेखा थापा फाउन्डेशन अहिले सुस्त छ । केही विकट गाउँका बच्चालाई काठमाण्डौ ल्याएर पढाएकी रेखा अहिले अरु काम गर्न खासै अग्रसर छैनन् । रेखाको फाउन्डेशन सुस्ताएको छ, यसलाई जागरुक बनाउन आवश्यक छ ।
तर, करिअर सेलाउँदै गएपछि फाउन्डेशन खोल्ने र केही समय हल्लाखल्ली मच्चाउने चलन पनि बढेको छ ।

कलाकारले फाउन्डेशनबाट ठूलै काम गर्न सक्छन् भन्ने उदाहरण सिताराम कट्टेल र कुञ्जना घिमिरेबाट पनि सिक्न सकिन्छ । उनीहरुले केही नमुना बस्ती देश विदेशबाट सहयोग राशी उठाएरै भएपनि निर्माण गरे । कलाकारले फाउन्डेशनबाट धेरै काम गर्न सक्छन् । तर, अरुको सहयोगको आशा मात्र गरेर पनि हुँदैन । आफूले पनि त्यसमा योगदान गर्न आवश्यक छ ।

कलाकारको फाउन्डेशन यात्रा फेसन भन्दा पनि सामाजिक बन्न आवश्यक छ ।

यो पनि पढनुहोस:
घुँडा टेकेर हिँड्न थालेको २२ बर्ष भयो, गायक बन्न ५ बर्ष देखि संगीत साधनामा तल्लिन , भक्त विश्वासको मर्म स्पर्सी जीवन कथा (भिडियो सहित)

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.