कलाकारको पारिश्रमिकको सधै लफडा

सुत्र इन्टर टेन्मेन्ट-कलाकार राजाराम पौडेलले सिनेमा क्याप्टेनको पारिश्रमिक आफूले नपाएको भन्दै गुनासो गरे । आफूलाई डबिङमा पनि नबोलाएको भन्दै उनले पारिश्रमिक नदिएसम्म अघिको काम नगर्ने बताए । उनले, अरु कसैको आवाजमा डबिङ गराएको खण्डमा आफूले मुद्दा हाल्ने पनि बताएका छन् ।

राजारामले यसो भनिरहँदा अभिनेता तथा निर्माता भूवन केसीले यो बिषयमा आफूलाई केही पनि थाहा नै नभएको बताइदिए । भूवन केसीले राजारामको गुनासो सुन्न नै चाहेका छैनन् । भूवन अभिनेता अनमोल केसीका पिता हुन्, जसले ५० लाख पारिश्रमिक लिएर सिनेमा खेल्ने डिमाण्ड गर्छन् ।

नेपाली सिनेमा हल्लाको बजार हो । यहाँ जस्तो हल्ला हुन्छ, त्यस्तो भित्र फिटिक्कै हुन्न । अब, एकछिन अभिनेता प्रदिप खड्कालाई नै हेरौ । यो सिनेमाका लागि प्रदिपले २३ लाख पारिश्रमिक लिएको चर्चा भएको हो । यो सिनेमा खेल्नका लागि प्रदिपले कडा परिश्रमिक गरे पनि । तर, सिनेमा चलेन ।

सिनेमाको निर्माताले अहिले गोपी सिनेमा बनाइसकेका छन् । तर, प्रदिप र अन्य कलाकारले पारिश्रमिक नपाएको गुनासो गर्न थालेका छन् । रोज फिल्मका कलाकार र प्राविधिकले पारिश्रमिक नपाएको खबर आउन थालेको छ ।
प्रदिप जस्ता चलेका कलाकारले नै पारिश्रमिक पाउन यति समस्या छ भने अरु कलाकारले पारिश्रमिकमा कस्तो समस्या झेलिरहेका होलान् । वुझ्न कठिन पर्दैन ।

पारिश्रमिककै कुरा गर्दा अभिनेत्री बर्षा सिवाकोटीले पनि पुरानो बुलेट सिनेमाबाट नपाएको बताएकी छिन् । उनले सिनेमाको आधा पारिश्रमिक नपाएकाले आफूले फोटोसुट नै नगरेको बताउन थालेकी छिन् । उनले, नयाँ मेकरले सुरुमा हल्ला बढी गर्ने र पछि पैसा सकिदै गएपछि पारिश्रमिक दिन नसकेको बताएकी छिन् । भिषण राइ यो सिनेमाका निर्देशक हुन् । उनले बर्षालाई पारिश्रमिक दिने बताएका छन् । तर, जे जस्तो कुरा आएपनि अहिले फेरि कलाकारले पारिश्रमिक नपाएको गुनासो सुनिन थालिएको छ ।

पारिश्रमिकको बिषयमा नयाँ निर्माता अझै बढी गैह्रजिम्मेवार बनेको देखिएको छ । किनकी, पुराना निर्माताले कलाकारको समस्या वुझ्ने र पारिश्रमिक पनि दिने गरेका छन् । नयाँले केही पनि नवुझी हात हाल्ने र सिनेमाको काम गर्दा गर्दै पैसा सकिएपछि भाग्ने खबर सार्वजनिक हुन थालेका छन् ।

पारिश्रमिकको बिषयमा अहिले नेपाली फिल्मको एउटा हट बिषय हो । अहिले कलाकारले यति पारिश्रमिक लिएका र उती पारिश्रमिक लिएका खबर खुबै आउँछन् । तर, कलाकारहरुले भने पारिश्रमिक नै नपाएको गुनासो गर्दै आएका छन् । कलाकारको मात्र होइन, प्राविधिकको समस्या पनि उस्तै छ । प्राविधिकहरुले त श्रम मन्त्रालयमा समेत उजुरी दिन थालिसकेका छन् ।

यो सबैको पछाडि एउटा कारण छ, कती लगानी गर्ने र कसरी गर्ने भन्ने नवुझी हावामा सिनेमा बनाउनु । सुरुमा गोजीमा पैसा हुन्छ जोश हुन्छ । पछि पैसा सकिदै जान्छ, जोश पनि हराउँदै जान्छ । अनी कलाकारले पैसा नपाएको, प्रचारमा पैसा नभएको खबर आउन थाल्छ । यसैले, सिनेमा बनाउँदा बरु थोरै रकममा बनाऔं, तर वुझेर बनाऔं ।

यो पनि पढ्नुहोस् :
कलाकारको फाउन्डेशनः अरुको सहयोगमै बढी निर्भर

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.