करिअर खस्कदै गएपछि जस्तो फिल्म पनि खेल्छन् कलाकार

सुत्र इन्टर टेन्मेन्ट- कलाकारको चमकता सधै रहदैन । कतिपयले त राख्न खोज्छन् र रहन्छ पनि । कतिपयले त सक्दैनन् । अन्त्यमा उनीहरुको फिल्मको काम हेर्दा यस्तो लाग्छ कि, अब कलाकारको डिमाण्ड सकिएछ ।

अभिनेत्री संचिता लुइटेलको हाइहाइ कुनै बेला थियो । अप्सरा डेब्यू अभिनेत्रीले काम गरेका सिनेमालाई दर्शकले खुबै रुचाए । संचिताको सुन्दरता र उनको कामको खुबै तारिफ पनि भयो । संचिता पनि व्यस्त अभिनेत्रीको सूचीमा परिन् । तर, अहिले समय बदलिएको छ । संचिताको अवस्था हिजोको जस्तो हाइहाई छैन । यसैले संचिताले त्यो स्टारडमलाई फर्काउन भन्दा पनि जे जती अफर आउँछन् सबै सिनेमामा काम गरिरहेकी छिन् ।

संचिताले काम गर्न लागेको सिनेमाको बारेमा दर्शक पनि अनविज्ञ छन् । गुनगुन, लिला जस्ता सिनेमा आएको र गएको नै पत्तो भएन । माघ ११ गतेबाट आरोप भन्ने एउटा सिनेमा लाग्दैछ । यो सिनेमा कलाकारको फेसबुकमा मात्र सिमित छ । दर्शकलाई त थाहा पनि छैन । एउटी सफल अभिनेत्रीले करिअरको यो मोडमा किन यस्ता सिनेमा रोजिन् र काम गरिन् उनलाई नै थाहा होला ।

अभिनेता दिलिप रायमाझीको अवस्था पनि उस्तै रह्यो । दिलिपले अभिनय गरेका सिनेमाको नाम संझने हो भने, अधिकांश ५१ र सय दिन पार गरेका छन् । आदिकवी भानुभक्तदेखि दिलिपको सिनेमाको लाइनअप हेर्दा साच्चै नै अरु हिरोलाई त लोभ नै लाग्छ । तर, दिलिपले करिअरको पछिल्ला समयमा आएर खेलेका सिनेमाको सूची हेरौ त ।

छायादेखि गोरेसम्म हेर्दा त दिलिपले आफूलाई कतै पनि स्टारको महशुश गराएनन् ।मनलाग्दी सिनेमामा काम गरे । कुनै समय त हप्तामा दिलिपले काम गरेका सिनेमाको पोष्टर भित्तामा लाग्थ्यो, शनिबार उत्रन्थ्यो । दिलिप रायमाझीले पनि आफ्नो करिअर सम्हाल्न नसक्दा उनको हालत खराब भयो । उनी दर्पणछाया, आफ्नो मान्छे लगायतका सिनेमाको हिरो हुन् भनेर पत्याउन सक्ने अवस्था नै भएन ।

दिलिपको जस्तै हालत धिरेन शाक्यको पनि छ । उनले पनि कुनै समय त सिनेमा क्षेत्रमा तहल्का नै मच्चाएका थिए । तर, अहिले धिरेन जस्ता सिनेमाको अफर आएपनि गरिदिन्छन् । किनकी, उनलाई दर्शकमाझ आइरहनु छ, छाइरहनु छैन ।

सुशिल क्षेत्रीको हालत पनि उस्तै भयो । गणेश उप्रेतीको करिअर पनि यसरी नै वित्यो । धेरै नेपाली कलाकारले आफूलाई सम्हाल्न नै सकेनन् । आफूले काम गरेका सिनेमाको विगत संझन नै सकेनन् । भूवन केसीले धेरै हदसम्म यो शैलीलाई जोगाए । राजेश हमालले विचमा यो शैली छाड्दा आज कामविहिन छन् । उनले काम गरेका सिनेमाको सूची हेर्दा उनलाई पनि कहिलेकाही अचम्म लाग्छ होला ।

चम्केको बेलामा ठूला ब्यानर र स्तरिय चलचित्रमा घेरिएका धेरै नेपाली कलाकार विस्तारै सुस्ताउँदै जादा लत्तो छाडिदिन्छन् । जसलेगर्दा, जस्तो सिनेमा, जस्ता कलाकारको सिनेमामा पनि उनीहरु काम गर्न तयार हुन्छन् । यसले उनीहरुलाई त फाइदा गर्दैन नै । केही सिनेमाबाट कमाएको नाम पनि कमजोर बन्छ र हराउँछ ।

समय सबैको आउँछ र जान्छ पनि । तर, जान लाग्यो भनेर आफूलाई सस्तो बनाउँदा त्यसले बलियो बनेको नाम कमजोर बनाइदिन्छ । यो बिषयमा कलाकारले सोच्न आवश्यक छ ।

यो पनि पढनुहोस:
कलाकारको फाउन्डेशनः अरुको सहयोगमै बढी निर्भर

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.