फ्लोरमा अर्पण थापाको’घर’

अर्पण थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘घर ‘को छायांकन सुरु भएको छ सोमबार राजधानीको एक मन्दिर स्थित पूजा-अर्चना गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

करिब २० दिनमा छायांकन सम्पन्न गरिने फिल्मलाई नेपालका विभिन्न ठाउँहरुमा छायांकन गरिनेछ । अर्पण थापाको मुख्य भूमिका रहने फिल्ममा उनका अलावा सुरक्ष्या पन्त र बेनिशा हमालको पनि मुख्य अभिनय रहने छ ।

एउटा ‘घर’ भित्र हुने घटनालाई फिल्ममा सस्पेन्स पारामा प्रस्तुत गर्नेछ । अर्पण थापाले नै फिल्मको कथा लेखेका हुन् । फिल्मलाई डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा शर्मिला पाण्डेले लगानी गर्दैछिन् । शर्मिलाले ‘लभ लभ लभ र चंगाचेट’मा लगानी गरेकी थिइन् । फिल्ममा सन्तोष अधिकारीको सह–लगानी रहनेछ ।

यो पनि पढनुहोस:
करिअर खस्कदै गएपछि जस्तो फिल्म पनि खेल्छन् कलाकार

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.