‘समर लभ’को ‘हेरन बाँझो मनभरी’सार्वजनिक

माघ २५ बाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’मा समावेश ‘हेरन बाँझो मनभरी’ बोलको गीत सार्वजनिक भएको छ ।

फिल्मका मुख्य दुई पात्र फिचर्ड रहेको गीतमा सुमित विश्वकर्माको स्वर र
पुष्पन प्रधानको संगीत रहेको छ ।

सुबिन भट्टराईको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । फिल्मको सम्पादक अर्जुन जिसी रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.