प्रदिप र मेलिनाको खुचिङ माया

हरेक दिन नयाँ टेस्टका गीत संगीत र म्युजिक भिडियो नेपाली संगीत बजारमा सार्वजनिक भैरहेका छ्न । संगीतका माध्यम बाट नाम , दाम र सम्मान कमाउने सोचका साथ नयाँ कलाकारहरुकोहीले  आगमन पनि दिनानुदिन भैरहेको छ ।

आफ्नो प्रोफेशनल लाइफ बाट बचेको समय गीत संगीतलाई दिदै  अघि बढी रहेका गायक प्रदिप पाण्डेको नयाँ गीत खुचिङ माया केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको छ । 

यस गीतमा शब्द, संगीत र स्वर स्वयम् गायक प्रदिप पाण्डेको रहेको छ भने उनलाई स्वरमा साथ चर्चित गायिका मेलिना राईले दिएकी छिन। गीतको एरेन्जमेन्ट आशिष अविरलले गरेका हुन ।

गीतको भिडियोमा सुनिल क्षेत्री , एलिशा शर्मा र ओशन बास्तोलाको अभिनय देख्न सकिन्छ । सुनिल क्षेत्रीको निर्देशन र कन्स्पेटमा गीतको भिडियो निर्माण भएको हो।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.