पुजा र सलोनको ‘बद्री बहादुर’ फ्लोरमा

फिल्म ‘बद्री बहादुर’को शुक्रबार राजधानीको कमलादी स्थित रहेको गणेशस्थान मन्दिरमा पूजा गरेर छायांकन सुरु गरिएको छ । शोभित बस्नेतको निर्देशन रहने उक्त फिल्मको आजबाट लमजुङमा छायांकन सुरु गर्न निर्माण टिम त्यहा तर्फ लागेको छ ।

केहि दिनको लमजुङ छायांकन पछि काठमाडौं,धरान अनि संखुवासभामा चलचित्रको करिब २ महिना छायांकन हुनेछ। करिब एक करोड लगानी यस चलचित्रमा सञ्चारकर्मी रवि अधिकारीको लगानी रहने छ।ए बि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानर विजय गोपाल दलि प्रस्तुतकर्ता रहने फिल्ममा मिथुन भोटे कार्यकारी निर्माता हुन् ।

कमेडी जनरामानिर्माण हुने उक्त फिल्ममा छुल्ठिम गुरुङ ,जय किसन बस्नेत,धिरेन शाक्य, शोभित बस्नेत ,लय संगौला ,एलिना रायमाझी,उत्तम केसी,अन्जु केसी , वर्षा चौलागाईं , पुरन थापा, राम गौतम , मनोज केसी ,उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ । यसै फिल्मबाट राजिब जङ बस्नेत र एलिना गुरुङ नेपाली रजतपटमा डेब्यु गर्दैछन्। फिल्ममा नायिका पुजा शर्मा र सलोन बस्नेतको बिशेष भूमिका रहने छ ।

फिल्ममा रामकाजी घिमिरेको लेखन, शिब बिकको नृत्य निर्देशन , टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शंकर महर्जनको द्धन्द , ‘बद्री बहादुर’ मा बिनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहने छ ।

फिल्म तीजमा प्रदर्शनमा आउने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.