मिडियामा पनि पत्रकारको गुट, कसैलाई च्याप्ने कसैलाई दम्भ देखाउने

सुत्र इन्टर टेन्मेन्ट- शुक्रबार कुमारी हलमा आयोजना भएको पत्रकार सम्मेलनमा अभिनेत्री आँचल शर्माले नसोचेको प्रश्नको सामाना गरिन् । अभिनेत्री शर्माले संचारमाध्यममा मन लागे बोलिदिने नत्र नबोलिदिने बानी गर्दा उनीमाथि पत्रकार खनिएका हुन् ।

आँचल शर्मालाई दर्शकले फिल्मको पर्दामा भन्दा युटुबमा बढी रुचाएका छन् । यसैले पनि उनी युटुबको भ्यूजमा बढी भर पर्न थालेकी हुन् कि भन्ने देखाएको छ । तर, कलाकारको धर्म मिडियामा जवाफ दिनु हो ।


अभिनेत्री शर्माले पत्रकारलाई दाल भात तरकारी फिल्मको बाहेक अरु बिषयमा नबोल्ने भन्दै टारेको भन्दै पत्रकार कड्किए । पत्रकारले कलाकारका लागि मध्यरातमा एयरपोर्ट पनि पुगेर पत्रकारले कुर्न तयार हुने तर कलाकारको दम्भ आफ्नो खुशी भएको भन्दै प्रश्न गरे । पत्रकारको यो रिसको अगाडि आँचलको केही लागेन । उनले माफी माग्दै आफूले अब यस्तो नगर्ने जवाफ दिइन् । आँचल शर्मा त प्रतिनिधी पात्र मात्र हुन् । नेपाली फिल्मका कलाकार केही मिडिया मात्र च्याप्ने, आफूलाई मन लागेको मिडियामा लपक्कै हुने अरुसँग दुरी बनाउने काम गर्न अगाडि देखिएका छन् । अहिले यो प्रवृत्ती त अझै बढेको छ । कलाकारहरुलाई कुन बिषयमा कहाँ कसरी बोल्ने भन्ने नै थाहा छैन । सिमित मिडियाकर्मीलाई च्यापेर त्यसमै रमाउँदा हिजोकाज कलाकारहरु दर्शकको भन्दा पनि सिमित गुटको देखिन थालेका छन् ।


अभिनेत्री आँचल शर्माले जवाफ दिन नजानेपछि यो बिषयमा अभिनेत्री प्रियंका कार्कीले जवाफ दिएकी छिन् । उनले, आँचलको मन सफा भएपनि उनी बल्ल यो क्षेत्रमा आएकाले विस्तारै वुझ्ने बताइन् । संचारमाध्यमसँग कसरी बोल्ने, कहाँ के कुरा गर्ने भन्ने बिषयमा आफूले त विस्तारै वुझ्न थालेको प्रियंकाले जवाफ दिएकी छिन् ।

केही समय अघिसम्म पनि कलाकारहरु विदेश जाँदा विमानस्थलमा चरा मुसा कसैले वास्ता गर्दैनथ्य । अहिले कलाकार विदेश लाग्दा संचारकर्मीको बाक्लो उपस्थिती देखिन्छ । विमानस्थलमा पत्रकारले पछ्याएको विदेशमा मात्र देख्दै आएका कलाकारले अहिले नेपालमा पनि त्यो माया पाएका छन् । तर, उनीहरु आफूलाई पायक नपर्दा लुसुक्क हिडिदिने त चाहिने बेलामा बोल्दै हिड्ने गरेको देखिन्छ ।

नेपाली सिनेमा क्षेत्र फराकिलो बन्दै जाँदा संचारमाध्यम पनि फराकिलो बन्दै गएको छ । अहिले युटुबका कारण झन् युटुबरको संख्या पनि बढेको छ । कलाकारको नजरमा कुन मिडिया, कुन युटुब छुट्याउन सक्ने अवस्था छैन ।

यसैले पनि कलाकारले अहिले यो बिषयमा अध्ययन गरेर त्यो अनुसार आफूलाई प्रस्तुत गर्न आवश्यक छ । होइन भने जो आफूसँग नजिक छ, जो आफ्नो बारेमा राम्रो मात्र बोल्छ उसैलाई मात्र च्याप्ने सोच बनाउने हो भने भोलीका दिनमा कमजोर हुँदा कलाकारलाई पुछ्ने कोही पनि हुँदैन ।
कलाकार सबैका हुन् । संचारमाध्यमलाई पर्दा च्याप्ने, नत्र दम्भ देखाउने काम नगर्दा कलाकारको नै भलो हुन्छ ।

यो पनि पढनुहोस:

निर्मातामाथि राजनीति गरेर कसरी बच्छ होला सिनेमा क्षेत्र ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.