निरुताको ५ लाख पारिश्रमिकः कामको कदर कि उच्च डिमाण्ड

सुत्र इन्टरटेन्मेन्ट-  नेपालमा कलाकारले महंगो पारिश्रमिक डिमाण्ड गर्न थाले भने कलाकारको क्रेज सकिन्छ र त्यो हराउँछ भन्ने गरिन्छ । औलामा नै गन्न सकिने कलाकारको कुरा छाड्ने हो भने धेरै कलाकार यसकारण पनि पारिश्रमिक चर्को डिमाण्ड गर्न सक्दैनन् ।

निरुता सिंहले हजार जुनी सम्ममा सिनेमाका लागि ५ लाख रुपैयाँ मागेपछि उनको ठाउँमा संचिता लुइटेललाई लिएर निर्देशक विकासराज आचार्यले सिनेमामा काम गरे ।
अभिनेत्री निरुता सिंहलाई ५ लाख पारिश्रमिक दिन आनाकानी गर्दा सम्हालिन्छ कहिले मनमा गौरी मल्लको इन्ट्री भयो ।

कलाकारले पारिश्रमिक आफ्नो क्रेज अनुसार नै डिमाण्ड गर्छन् । सायद, निरुताले पनि सोही कुरा सोचेर पारिश्रमिक माग गरेको हुनुपर्छ ।

५ लाख पारिश्रमिकले निरुताको करिअरलाई डुबाउला कि उकास्ला त ? निर्माता भूवन केसीको सिनेमा क्याप्टेनको एउटा गीतमा नृत्य गर्न नेपाल आएकी निरुतालाई सिनेमा क्षेत्रमा भविष्य खोज्न आफू अहिले नआएको भन्ने लाग्छ ।

उनले पहिले पनि सिनेमामा हिरोको जती नै पारिश्रमिक माग्ने गर्थिन् । सो समयमा पनि उनलाई अब निरुताको दिन गयो, पैसा धेरै माग्न थालिन् भनेर तर्क गर्नेहरु धेरै थिए । तर, निरुताको दिन गएन बरु उनले भटाभट सिनेमामा काम गरेकी थिइन् । निरुतालाई अहिले पनि कुरा उस्तै लाग्छ ।

आफ्नो कामको मुल्यांकन गर्नसक्ने मान्छेलाई ५ लाख पारिश्रमिक खासै धेरै नलाग्ने निरुताको भनाई छ । निरुताले अहिले आफू काम नपाइएला कि भन्ने पिरले नहिडेको पनि बताइन् । आफ्नो कामको मुल्यांकन गरेर काम गराउनेका लागि ५ लाख सामान्य लाग्ने उनले कडा जवाफ दिएका छन् ।

उसो भए, विकासराज, सुदर्शन थापाले निरुताको कामको कदर गर्न नसकेका हुन् त ?
५ लाख पारिश्रमिक दिएर निरुतालाई सिनेमामा काम गराउन निर्माता लालयित त छन् । तर, पारिश्रमिकको यो चर्चाले निरुताको करिअर फेरि धरमरायो भने के होला ? के निरुताले जस्तै, फिल्म बनाउनेले उनको कामको मुल्यांकन गर्न सक्लान् त ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.