राधिकाको ‘रेलिमाई’मा मरिश्का र निराजनको जोडी

गायिका राधिका विष्टको ‘रेलिमाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मिले आर्ट्सको प्रस्तुती रहेको भिडियो राधिका विष्टको अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो ।

सार्वजनिक गीतमा शब्द तथा सङ्गीत पनि गायिका विष्टको नै रहेको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा मरिष्का पोखरेल र निराजन प्रधान फिचर छन् ।

भिडियोलाई उत्तम हुमागाई र प्रनेश शाक्यले खिचेका हुन् भने सम्पादन र कलरको काम प्रवीण श्रेष्ठले गरेका छन् । उक्त गीत गायिका विष्टको गाउने धुन २ एल्बममा समावेश रहेको छ ।
h

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.