उत्कृष्ट प्रतिक्रिया पाएको’गोपी’

माघ १८ गते अर्थात शुक्रबारबाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म’गोपी’ले सोमबार राजधानी स्थित् आफ्नो प्रिमियर शो सम्पन्न गरेको छ ।

सम्पन्न शोमा चर्चित निर्माता-निर्देशक रानितिग्य लागएतको उपस्थित थिए । जसले फिल्म निकै राम्रो बनेको र गोपी हरेक व्यक्तिको कथा रहेको बताएका छन् ।

आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित ‘गोपी’मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् ।

सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.