फिल्ममा के खोज्दै आउँछन् नयाँ हिरोइन ?

सुत्र इन्टरटेन्मेन्ट-  अब नेपाली फिल्म क्षेत्रमा भविष्य छैन भन्ने दिन गएकै हुन् त ? कलाकारको आगमनको भिड हेर्दा यो प्रश्नको सहजै जवाफ दिन सकिन्छ । नयाँ कलाकारको आगमन जुन तरिकाले भएको छ, यो हेर्दा सिनेमा क्षेत्र अब मर्यादित र व्यवस्थित बनेको देखिन थालेको छ ।

नेपाली सिनेमामा अहिले नयाँ हिरोइन भित्राउने होडबाजी नै चलेको छ । नयाँ अभिनेत्री भित्राउने होडबाजीमा को अगाडि र को पछाडि नै देखिएका छन् । हुनत, नयाँ अभिनेत्रीको आगमन भएपनि धेरैले एक दुई सिनेमामा काम गरेपछि काम गर्न सकेका छैनन् ।

यो बर्ष अभिनेत्रीहरुको आगमन निकै बढेको देखिएको छ । फिल्म गरुड पुराणबाट हिरोइन बनेकी प्रियंका सिंह ठकुरीको हिरोइन बन्ने सपना त पुरा भयो, तर अब उनको भविष्य के हुन्छ भनेर सोच्नपर्ने अवस्था छ । सिनेमाकी मुख्य हिरोइनलाई दर्शकले खासै नोटिस नै गर्न पाएनन् ।

सिनेमामा नयाँ हिरोइनको आगमन शुक्रबारदेखि रिलिज हुने २ सिनेमामा पनि छ । सिनेमा रणवीरमा सुवेच्छा खड्का र सुपुष्पा भट्टले काम गरेका छन् भने सिनेमा सय कडा दशमा करुणा श्रेष्ठले काम गरेकी छिन् । उनीहरुको फिल्मी भविष्य शुक्रबार नै थाहा हुनेछ ।
सिनेमा क्षेत्रमा हिरोइन कम चल्छन् । चलेका हिरोइनले बर्षमा एउटा मात्र सिनेमा गर्छन् । जसले गर्दा, नयाँ हिरोइन भित्राउने लहड चलेको हो ।

यो बर्ष सिनेमा क्षेत्रमा भित्रन लागेका हिरोइनमा झरना थापाकी छोरी सुहाना थापादेखि हलिउड सिनेमामा काम गरिसकेको बताइएकी शिल्पा मास्केसम्म छिन् ।

एउटा नेपाली सिनेमामा काम गरेर कुनै चर्चा नपाएकी रेश्मा घिमिरे अहिले टिकटक भन्ने छोटो भिडियो बनाउने सामाजिक संजालमा सेलिब्रेटी छिन् । सिनेमाले हिरोइन त बनाउँछ, तर चिनाइहाल्छ भन्ने हुँदैन । तर, पनि अहिले केही सिनेमा खेलेका हिरोइनहरुलाई लिदा सिनेमाले पनि खासै व्यापार नगर्ने र पारिश्रमिक मोटै दिनुपर्ने भएपछि धमाधम नयाँ कलाकार भित्राउने लहड चलेको हो ।

अभिनेता अनमोल केसीकै क्याप्टेनबाट उपासना सिंह ठकुरीदेखि प्रियंका एमभी सिनेमा क्षेत्रमा आउँदैछन् । सिनेमामा आउन लागेका र आइसकेका हिरोइनको सूची लामो छ ।

तर, यो बर्ष चलेका सिनेमाको सूची हेर्ने हो भने अझै पनि आधा दर्जन पुग्न सकेका छैनन् । यो विचमा कति हिरोइन आए र हिरोइन बन्ने सपना पुरा गर्न बाहेक केही पनि गर्न सकेनन् ।
सिनेमाको यो ठूलो भेलमा पस्न सजिलो होला, तर बच्न गाह्रो छ । लामो समयसम्म टिक्नका लागि धेरै कुरा मिल्नपर्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.