डेब्यू सिनेमा नै नचल्दा नयाँ हिरोइनलाई तनाव

सुत्र इन्टरटेन्मेन्ट-  नेपाली फिल्मले नयाँ अभिनेत्री पाउनुपर्छ । नयाँ अभिनेत्री पाएको खण्डमा सिनेमा क्षेत्रमा काम गर्न पनि सहज हुन्छ भने दर्शकले पनि नयाँ कलाकारमाथि भरोसा गर्न सक्छन् । तर, नेपाली सिनेमाले भने त्यस्तो पाएको छैन ।

नेपाली सिनेमामा अहिले नयाँ कलाकारको लामो लाइन छ । तर, नयाँ कलाकारका लागि सिनेमाको यात्रा फलामे चिउरा चपाएँ जस्तै छ । नआउनुपर्ने आइहाले, अब के गर्ने ? काम गरौ काम पाइदैन, नगरौ अन्त जाने ठाउँ छैन । यो समस्याबाट नेपाली फिल्मका नयाँ कलाकार समस्यामा छन् ।

सिनेमामा चलेका एकाध कलाकार बाहेक अरुलाई त काम पाउन नै गाह्रो छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा, आँचल शर्मा, प्रियंका कार्की लगायतले सिनेमामा काम गर्दिन भन्नुपर्ने अवस्था छ । तर, काम नपाएर थन्किएका हिरोइनहरुलाई सास्ती छ ।

माघको ४ गते रिलिज भएको सिनेमा गरड पुराणबाट नेपाली फिल्ममा प्रियंका सिंह ठकुरी भित्रिएकी थिइन् । तर, यो सिनेमा रिलिज पश्चात अब उनलाई काम कसरी पाइन्छ भन्ने तनावले ढाकेको छ । पहिलो सिनेमा नै नचलेपछि हिरोइनहरुलाई तनाव यसरी उत्पन्न हुन्छ ।

यो समस्याबाट नयाँ अभिनेत्री आश्मा गिरीलाई पनि तनाव छ । किनकी, फिल्म ड्रिम गर्लबाट उदाएकी उनको सपना पनि सिनेमा क्षेत्रमा लामो रेशको यात्रा तय गर्नु थियो । तर, पहिलो सिनेमा नचलेपछि यी अभिनेत्रीलाइ पनि अब दोश्रो कामको समस्या पक्कै हुनेछ । त्यो भन्दा पनि हिट सिनेमाको पछि लाग्नका लागि के रोज्ने र के नरोज्ने भन्ने तनाव उनलाई नै छ ।

आश्मा त खासै नोटिस नभएको सिनेमामा सह अभिनेत्री पूजा पराजुलीलाई कसले नोटिस गर्यो होला र ?

सिनेमामा काम पाउनुको ठूलो कुरा होइन । तर, काम गरिसकेपछि चल्न नसक्दाको पीडा सबैभन्दा ठूलो हुन्छ । यो पीडाले धेरे अभिनेत्रीलाई विदेश जान वा अन्य काम गर्नका लागि वाध्य बनाइदिन्छ ।

सिनेमा हैरान चलेन । यो सिनेमामा आरोही शर्माले काम गरेकी थिइन् । बोल्नमा समेत निकै ट्यालेन्ट यी हिरोइनलाई हैरान नचल्दा हैरानी नै भयो ।

सिनेमा लोफरबाट रजनी केसी उदाउँदै गर्दा उनले अभिनेत्री रेखा थापालाई नै विस्थापित गरिदिन्छिन् भन्ने चर्चा भयो । तर, डेब्यू सिनेमा नै चिप्लिएपछि रजनी केसीलाई फिल्म क्षेत्र यता न उताको भयो । उनले केही सिनेमामा काम त पाइन्, तर चलिनन् ।

डेब्यू सिनेमा नचल्दा धेरै अभिनेत्री हराएका छन् । कतिपयले सिनेमामा अनुहार देखाउने चाहना मात्र पुरा गरेका छन् । होइन भने त उनीहरु, कि काम पाइन्छ कि भनेर बस्छन् या अरु पेशामा लाग्छन् ।

नेपाली सिनेमामा कोही कलाकारलाई काम धेरै भएर मस्ती छ । तर, धेरै नयाँ अभिनेत्रीलाई काम नपाएपछि सास्ती छ ।

डेब्यू सिनेमाबाट असफल भएर पनि हिट भएका कलाकारको सूची पनि थोरै छैन । तर, सबै प्रियंका कार्की र प्रदिप खड्का जस्ता भाग्यमानी बन्दैनन् । यसैले पनि अहिले नयाँ कलाकारहरुले काम नपाइरहेको समय हो भने , निर्माताहरु हरेक सिनेमामा नयाँ कलाकार नै भित्राउनका लागि लागिपरेका छन् । सिनेमा क्षेत्रले कस कसलाई धानोस् ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.