कृषिमन्त्रीको प्रतिबद्धता : म ‘गोपी’लाई केही गर्छु

कृषिमन्त्री चक्रपाणि खनालबलदेवले फिल्म ‘गोपी’असाध्यै प्रेरणादायी कथामाबनेको बताउँदै यस्ता फिल्मलाई राष्ट्रले नै सहयोग गर्नुपर्ने बताएका छन् । बुधबार सिटीसेन्टरस्थितबिगमुभिजमाफिल्मको कर्पोरेट सोमाउपस्थिसितजनाउँदै उनले ‘गोपी’लाई केही न केही सहयोग गर्ने आश्वासनदिए ।

‘मलाई थाहाभएसम्म राज्यसँग यस्ता फिल्मलाई के गर्ने भन्ने स्पष्ट नीति छैन । त्यसैले अहिले नै म के गर्ने भनेर यहाँआश्वासनदिन सक्दिन । तर, फिल्मको कथा प्रेरणादायी छ । सरकार गोपीप्रति सकारात्मक छ,’ खनालले भने ।

ऋाफू पनिकुनै समय कलाकार रहेको स्मरण गर्दै मन्त्रीखनालले फिल्मले किसानका समस्यालाई दुरुस्त प्रस्तुत गरेको बताए । उनले भने, ‘कति समस्यासँग त म पनि परिचितथिएँ तर धेरै समस्या यो फिल्म हेरेपछि पनिथाहापाएँ ।

बजार व्यवस्थापन, ऋण प्रवाहीकरण आदिमा सरकारले ध्यानदिनुपर्ने रहेछ जस्तो लाग्यो ।’ क्यापिटल म्यागजिनले आयोजना गरेको कर्पोरेट सोमाउद्योग वाणिज्य महासंघका अधिकांशकार्यसमिति सदस्यको उपस्थितिथियो । फिल्मको सोअघि फिल्मले उठाएका मुद्दा र किसानका समस्यामाथि क्यापिटल म्यागजिनका प्रकट कुमारले बहस पनिचलाएकाथिए ।

बहसमाबोल्दै महासंघ अध्यक्षभवानी राणाले गोपीले औंल्याएजस्तै नेपालमा कृषिको विकल्पपनिनभएको र यसले सोचेजस्तो रोजगारी पनिनदिइरहेको अवस्थामा सरकारले गम्भीर भएर सोच्नुपर्ने बताएकीथिइन् । ‘चलचित्रले विषयएकदमै सहज र सरल तरिकाले विषय उठान गरेको छ,’ राणाले भनिन्, ‘नेपालकाकिसान र कृषि क्षेत्रको वास्तविक समस्यायहीहो ।’

नेपाल डेरी एसोसिएसनकानिर्वतमानअध्यक्षतथासितारामगोकुलमिल्ककाप्रवन्धनिर्देशक सुमित केडियाले चलचित्रले किसानको दुखको मात्रै समस्याउजागर गरेको बताए । ‘डेरी क्षेत्रमापनि ठूलो समस्या छ,’ उनले प्रतिक्रियादिए ‘चलचित्रले किसानको पाटो बुलन्द रुपमा उठाएको छ । तर, डेरी क्षेत्रको समस्या छोएको छैन ।’

केडियाका अनुसार अहिले डेरी क्षेत्रले सहरबाट गाउँमा दैनिक ३ करोड रुपैयाँ पठाउँदै आएका छन् । किसानबाट दूधल्याउने र त्यो बापतको रकमगाउँमा पठाउने गरेको उनको भनाइ छ ।
गोपीको भूमिका रहेकाकलाकार विपिनकार्की एक गाइपालककिसानहुन् । चलचित्रमा स्वदेशमै केहीगर्नुपर्छ भन्ने देखाइएको छ । कृषि क्षेत्रमाअथाह सम्भावनापनि देखाइएको छ ।

चलचित्रमागाइपालन गरेकागोपीले बढ्दो महँगी बेलामादुधकिसानले भोग्नुपरेको समस्याझेलेका छन् । नेपालमा पछिल्लो समय दुधउत्पादनकिसानले दुधको उचितमुल्य नै पाउननसक्दा पेशा नै परिवर्तन गर्नुपर्ने बाध्यतालाई कथामा समावेश गरिएको छ ।

विपिनकार्की, बर्षा राउत र सुरक्षापन्तको मुख्यभूमिका रहेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेकाहुन् । आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्मलाई सामीप्यराजतिमल्सेनाले लेखेकाहुन् । फिल्मयहीशुक्रबारबाट देशभर प्रदर्शन हुँदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.