राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठको नृत्यमा फिल्म ‘तुलसी’को गीत सार्वजनिक

लामो समय पछि ऋचा घिमिरेले निर्माण गरेको फिल्म ‘तुलसी’ प्रदर्शन हुने भएको छ । BODHI HD तथा 8848 मेडियाद्वारा डिस्ट्रिब्यूसन हुने र डिजिटल माध्यमबाट विश्वव्यापि डिजिटल प्रदर्शन गर्न लागिएको हो ।

साथै फिल्मको ‘आजको रमाइलो बेला’बोलको गीत युटुब मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठको नृत्य रहेको छ ।

https://youtu.be/vHn6kziFKDU

मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रा.ली. बाट निर्मित यस फिल्ममा बरिष्ठ सङ्गीतकार रञ्जित गजमेरको सङ्गीत सदन सरगम र कुमार कान्छाले स्वर र गोबिन्द राईको कोरियोग्राफी रहेको छ ।

फिल्म ‘तुलसी’ नेपाल प्रदर्शन अगावै बेलायत, मकाउ, युरोप, स्कटल्यान्ड, अमेरिका, क्यानडा, तथा थुप्रै देशहरुमा प्रदर्शन भइसकेको छ । जसबाट निकै राम्रो प्रतिक्रिया समेत प्राप्त भएको छ ।

फिल्मलाई निर्देशन तथा निर्माण शंकर घिमिरेले गरेका हुन भने फिल्ममा अधिकारीले लेखेका तथा छायाँकन दीपक वज्राचार्यको रहेको छ ।

फिल्ममा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती ,ऋचा घिमिरे , विमलेश अधिकारी, आयुष रिजाल, जय किसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.