एकसाथ तीन फिल्म हलमा,कस्ले मार्ला त बाजी !

एकै साथ दुई तीन फिल्म हलमा लाग्नु अहिले सामान्य कुरा भइसकेको छ । यसैक्रम शुक्रबार अर्थात आजबाट तीन फिल्म’ गोपी, रणवीर र सय कडा दश ‘ एकसाथ प्रर्दशनमा आउदै छन् ।

विपिन कार्कीको मुख्य अभिनय रहेको फिल्म’गोपी;मा नेपालमा पछिल्लो समय दुध  उत्पादक  किसानले दुधको उचितमुल्य नै पाउन नसक्दा पेशा नै परिवर्तन गर्नुपर्ने बाध्यतालाई कथामा समावेश गरिएको छ ।

विपिनकार्की, बर्षा राउत र सुरक्षा  पन्तको मुख्य भूमिका रहेको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका  हुन् । आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्मलाई सामीप्य  राज तिमल्सेनाले लेखेका हुन् ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावलाई समेटिएको फिल्म हो सय कडा दश । फिल्लाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् ।

एक्सन जनरामा निर्माण भएको फिल्म’रणवीर’मा गोविन्द सिंह भण्डारीको निर्देशन तथा दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । फिल्ममा शुशिलका अलावा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.