फूटबल खेलाडीको संघर्ष समेटिएको ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक

निकै प्रतिक्षित मानिएको चर्चित कलाकार अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘क्याप्टेन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको उक्त ट्रेलरमा फूटबल प्रेमी युवक जसले आफ्नो देशको लागि गोल्ड मेडल ल्याउनको लागि गरेको संघर्ष, पिडा तथा अफ्ठ्याहरुलाई समेटिएको छ ।

निर्देशक दिवाकर भट्टराईको निर्देशनमा निर्माण भएको फिल्म नायक भुवन केसीले निर्माण गरेका हुन् । फिल्ममा एउटा सानो गाउँबाट राष्ट्रिय फुटबलको विजेतासम्म बन्न सफल एक युवकको संघर्षको कथालाई देखाउन खोजिएको छ ।

फिल्ममा आलावा अनमोलसँगै अभिनेता सरोज खनाल तथा प्रशान्त ताम्राका, उपासना सिंह ठकुरी र प्रियंका एमभी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
फिल्म फाल्गुन १७बाट देशब्यापी प्रर्द्शनमा आउँदैछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.