अनमोल भन्छन :’मैले प्रदिप,पल र सलिमानको अपमान गरेको हैन’

चर्चित यूवा स्टार अनमोल केसीको बहुप्रतिक्षित मानिएको फिल्म ‘क्याप्टेन’ट्रेलर रिलिज भएको छ । निर्माण टिम लगाएत अनमोल स्वयमको उपस्थिति रहेक उक्त कार्यक्रममा अनमोलले केहि समय देखि उनि माथि भइरहेको आलोचनाको खण्डन गरेका छन् ।

फिल्म ‘ए मेरो हजुर ३ ‘को गीत छायांकनका लागी अमेरिका लाग्दा एरपोर्टमा उनलाई पत्रकारहरुले ब्याचलर बन्टी छाड्नुको कारण र अब सो ठाउँमा कुन एक्टर ठिक होला ? भनेर प्रश्न सोधेका थिए ।

जसको जवाफ दिदै, उनले प्रदिप खड्का, पल शाह र सलिन मान बनियाँको नाम किटान गरेर भनेका थिए । जसको कारण प्रदिप,पल र सलिमानको अपमान गरेको भन्दै यी तीनका फ्यानहरुले अनमोलको आलोचन गरेका थिए ।

जसको खण्डन गर्दै उनले भने ‘अपमानको भावनाले मैले सो नाम लिएको हैन । जसले गर्न सक्छ उसले गर्दा राम्रो हुन्छ भनेको हुँ । मैले अपमान गरेको हैन् । फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार । यदी मेरो कुराले कसैको चित्त दुखेको भए म माफी चाहन्छु । तर मैले ती अभिनेताको नाम लिएर भने कुनै गल्ति गरे जस्तो लाग्दैन’ ।

उनका अनुसार,उनले छाडेको सो फिल्मलाई यी तीन अभिनेताले न्याय दिन सक्छन । सोहि कारण उनले प्रदिप,पल र सलिमानको नाम लिएका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.