‘बुलबुल’को ‘जाद्रै बस्यो दिल’

स्वस्तिमा खडकालाई टेम्पो ड्राईभरको भुमिकामा अभिनय गराएर चर्चामा आएको फिल्म ‘बुलबुल’को ‘जाद्रै बस्यो दिल’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले शनिबार राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको उक्त गीतमा फिल्मकी नायिका स्वस्तिमा ( टेम्पो चालिका युवती )प्रेम पिडामा रहेकी छिन । उनको साथमा एक छोरी पनि छिन । जो बाबाको मायाको खोजिमा रहेक देखाईएको छ ।

सार्वजनिक गीतमा रजिना रिमालको स्वर, मनिकला पौडेलको शब्द, उद्गम परियार र उदय राज पौडेलको संगीत तथा सुशन राजपतिको कोरियोग्राफी रहेको छ ।

विनोद पौडेलको निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई लगाएतको अभिनय रहेको छ ।

विनोद पौडलकै पटकथा रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । अबिरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले संयुक्त रुपमा निर्माण गरेको फिल्मको रामराजा दाहाला कार्यकारी निर्माता हुन् । फिल्ममा सम्पादन अनिमेष सापकोटाको रहेको छ ।
फिल्म फागुन ३ बाट देशब्यापी प्रदर्शनमा आउने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.