बुद्दिमानलाई लाखौ सहयोग गर्ने ‘समर लभ’ निर्माण टिम: थोपा-थोपा मिलेर समुन्द्र बन्छ, आगामी दिनमा पनि यस्तै सहयोग गर्न सकौ

माघ २५ बाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’को निर्माण टिम यति बेला प्रचारप्रसारमा व्यस्त रहेको छ ।

प्रचार-प्रसारसंगै निर्माण टिमले बुद्दिमान कुवरको हातखुट्टा जोड्नको लागि केही रकम सहयोग गरेको छ । निर्माण टिम लगायत अन्यले राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै लगभग चार लाख बीस हजारको सहयोग गरेको छ ।

आयोजित कार्यक्रम अब बुद्दिमानको सामान्य हातखुट्टा जोडदिने र बाकी रकमले घर र सानो व्यवसाय सन्चालन गर्दिने बताएका छन् । जसको कारण उनले आफु र आफ्नो परिवारको लागि यहि केहि गर्न सकुन ।

साथै समर लभका निर्देशकले मुस्कान ढकालले सामाजिक संजाललाई विशेष धन्यवाद दिदै यस्तो घटना संसारमा कसैलाई नपरोस र आफुले गरेको सहयोग रकम थोरै भएता पनि थोपा-थोपा मिलेर समुन्द्र बन्नी बताएका छन भने आगामी दिनमा पनि यस्तै सहयोग गर्ने फिल्मका निर्माता, निर्देशक तथा फिल्मका नायकले प्रतिवदता जनाएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.