लभ स्टेशनको नयाँ गीत छायाँकन सम्पन्न साथै प्रर्दशन मिती तय

फिल् ‘लभ स्टेशन’ चैत २२ गतेबाट देशव्यापी प्रर्दशनमा आउने भएको छ । फिल्म लिली बिलीका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङ अभिनित यो फिल्मको एउटा गीत भियतनामको विभिन्न सुन्दर स्थानमा छायाँकन गरेर युनिट नेपाल फर्किएको छ । नेपाल आए लगत्तै फिल्मको रिलिज डेट तय गरिएको हो ।

यस अघि अमेरिका र भियतनाम युद्ध सम्बन्धि सिनेमा सहित किङकङ, एनाकोण्डा जस्ता हलिउडको सिनेमा छायाँकन गरेको भियतनाममा लभ स्टेशनको को लभ सङ ‘घाम जुन नै चाहिँदैन’को छायाँकन सकेर निर्माण टिम काठमाडौं फर्किएको हो ।

यो गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङले अभिनय गरेका छन् । भियतनामको विभिन्न निकै सुन्दर स्थानमा छायाँकन गरिएका यो गीतको भिडियो नेपाली दर्शकका लागि नयाँ र रोमाञ्चक सावित हुने विश्वास निर्माण पक्षको छ । यो गीतको भिडियो अगामी भ्यालेन्टाईनको अबसर पारेर २ फागुनमा रिलिज गरिने भएको छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।
आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । फिल्मको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.