लवजोन पछि सत्यम शिवम सुन्दरम बनाउदै शंकर अधिकारी घायल

चर्चित गीतकार शंकर अधिकारी घायलको निर्देशनमा फेरी नया फिल्म ”सत्यम् शिवम् सुन्दरम्’ बन्ने भएको छ । आगामी फागुनवाट सुटिंङ हुने फिल्ममा कला राईको लगानी रहने छ ।

देखेको कुरा सधै सत्य नहुन पनि सक्छ , त्यस्तै सपनामा देखेको कुरा बिपनामा पनि देख्न सकिन्छ भन्ने कुरोको वरिपरी कथानक घुमाएर फिल्म बनाएको कुरा यस फिल्मका लेखक पनि रहेको निर्देशक शंकर अघिकारी घायलले बताएका छन् ।

बि। जी। बर्मा फिल्मस् को प्रस्तुतिमा बन्न लागेको फिल्ममा विक्रम कार्कीको छायाँकन , राजन महर्जनको नृत्य ,बाबुल गिरीको संगीत, सन्तोष प्रगाढ,राजेश श्रेष्ठ, गायन नित्याशिवा, प्रविशा अधिकारी,सम्पादन प्रेम शर्मा पौडेलको रहेका छन । अन्य कलाकार र प्राबिधिकको टुंगो लाग्न बाकीँ रहेको निमार्ण पक्षले जनाएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.