‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ का लागि मलेसियामा धुर्मुस-सुन्तली

सीताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस-सुन्तली) मलेसिया तर्फ लागेका छन् । फेबु्रअरी ५ देखी १० सम्म आयोजना हुने ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’मा सहभागी हुनका लागि यी दुई लगाएत अन्य केहि कलाकारहरु सोमबार मलेसिया तर्फ लागेका हुन् ।

समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔ मिलि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’बोलको नाराका साथमा धुर्मुस-सुन्तली, बद्री पंगेनी, मेलिना राई, सम्झना भण्डारी लगाएत अन्य केहि व्यक्तित्वहरु एक हप्ताका लागि मलेसिया उडेका छन ।

केहि दिन अगाडी राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै धुर्मुस-सुन्तली फाउन्डेसनले ‘गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला’को निर्माण घोषणा गरेको थियो । धुर्मुस-सुन्तलीका अनुसार, मलेसीयामा आयोजित उक्त कार्यक्रमबाट उठने रकम कलाकारहरुलाई दिएर बाकी रहेको रकम रंगशाल निर्माण कार्यमा लगाइने बताएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.