सप्तरङ्गको दोस्रो प्रस्तुति सम्पन्न

माघ १८ गते देखी फागुन २ गते सम्म गृष्मा ब्रोडकाष्टिड प्रालीको आयोजनामा भईरहेको सप्तरङ्ग एक पृथक सांगितिक यात्राको पहिलो प्रस्तुति झापाको दमक पछि आईतबार प्रदेश नम्बर २ जनकपुर स्थित आयोजित दोस्रो प्रस्तुति सम्पन्न भएको छ ।

प्रदेश नम्बर २ जनकपुरका मुख्य मन्त्री महोमद लाल बहादुर राऊत, पर्यटन मन्त्री राम नरेश राय र प्रमुख जिल्ला अधिकारी यज्ञ राज कंडेलको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । यस पछि सो कार्यक्रम प्रदेश नम्बर ३ चितवन नारायणगडमा माघ २२ गते, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा आयोजना हुनेछ ।

माघ १८ गते देखी फागुन २ गते सम्म हुने कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी, लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्टले सम्पूर्ण ठाउँमा आफ्नो प्रस्तुति दिने छन् ।

सांगितिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकिय स्थानको प्रबर्धन र सम्भावनाको खोजी गरिने आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिईएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.