‘समर लभ’को ‘गुनासो छैन’

माघ २५ बाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’मा समावेश ‘ गुनासो छैन’ बोलको  स्याड भर्सनको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा फिल्मका मुख्य  पात्र आशिष पिया, रेवती क्षेत्री र सुरजसिंह ठकुरी फिचर्ड रहेको छन । गीतमा  रिकेश गुरुङको स्वर र पुष्पन प्रधानको शब्द /संगीत रहेको छ ।

सुबिन भट्टराईको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेको फिल्मलाई  अर्जुन जिसीले  सम्पादक गरेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.